ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

आफ्नो कार्यकाल सकिनै लाग्दा ट्रम्पले गरे ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश


एबीसी / संवाददाता

काठमाडौँ, २६ पुस । आगामी २१ जनवरीदेखि पदमुक्त हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ८ वटा चिनिया एपमाथि बन्देज लगाउने कार्यकारी आदेश जारी गरेका छन् ।

मंगलबार ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै ८ वटा चिनियाँ एपसँगको कारोबारमा बन्देज लगाएका हुन् । यो सँगै अब अमेरिकामा अलिबाबा कम्पनीको अलि पे, टेनसेन्ट कम्पनीको क्यूक्यू वालेटसँगै विच्याटपे बाट हुने कारोबारमा बन्देज लाग्नेछ ।

त्यस्तै क्याम स्क्यानर, सेयरइट, भिमेट र डब्लुपिएस अफिस एपमाथि पनि बन्देज लगाइएको छ । ट्रम्पको उक्त कार्यकारी आदेश ४५ दिनपछि कार्यान्वयनमा आउने बताइएको छ जतिबेला उनले राष्ट्रपतिको पद छाडिसकेका हुनेछन् ।

चिनियाँ एपहरुविरुद्ध ट्रम्पले यसअघि जारी गरेका प्रतिबन्धात्मक आदेशहरु कार्यान्वयन हुन नसकिरहेको अवस्थामा पछिल्लो आदेश समेत कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ । यसअघि विच्याटमाथि ट्रम्प प्रशासनले लगाउन थालेको प्रतिबन्धलाई अदालतले रोक लगाएको थियो भने अदालतले आदेशपछि टिकटकमाथिको प्रतिबन्ध पनि लागू हुन सकेको छैन ।

ट्रम्पले मंगलबार जारी ग्रेको कार्यकारी आदेशमा भनिएको छ, ‘अमेरिकी नागरिकका व्यक्तिगत जानकारीहरु प्राप्त गर्ने वा चोर्नका लागि चीन र उसको सत्ताधारी कम्युनिष्ट पार्टीको निरन्तरको गतिविधिले के प्रष्ट पारेको छ भने उसको मुख्य ध्येय भनेकै चीनको आर्थिक तथा राष्ट्रिय सुरक्षा एजेण्डाको प्रवर्द्धनका लागि ठूलो परिमाणमा डाटा संग्रह गर्नु नै हो ।’
विश्लेषकहरुले भने ट्रम्पको यो कदम चीनलाई चिढ्याएर जवाफी कार्य गर्न लगाउँदै अमेरिका र चीनबीचको सम्बन्धलाई झनै बिगार्ने र आगामी राष्ट्रपति जो बाइडेनका हात बाँध्नका लागि चालिएको कदम भएको टिप्पणी गरेका छन् ।

चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउनका लागि ट्रम्पले जारी गरेको यो र यस्तै अन्य कार्यकारी आदेशहरुमाथि बाइडेन प्रशासनले निश्चित रुपमा समीक्षा गर्नेछ । तर यदि ट्रम्पका कार्यकारी आदेशहरु भविष्यमा कार्यान्वयन भए भने त्यसले चीनमा रहेका अमेरिकी कम्पनीहरुलाई नै असर पर्ने विश्लेषकको भनाइ छ ।

बाइडनलाई सत्ता सुम्पनुअघि ट्रम्पले चिनियाँ कम्पनीहरुमाथि दबाब सिर्जना गर्नेगरी भटाभट निर्णय गरिरहेका छन् ।  अघिल्लो महिना अमेरिकाले सरकारी चिनियाँ चिप निर्माता कम्पनी एसएमआईसी तथा अन्य कम्पनीहरुमाथि बन्देज लगाएको थियो । हालैमात्र उसले एक नयाँ कानून जारी गरेको छ जस अनुसार अब अमेरिकी लेखापरीक्षण मापदण्ड पूरा नगर्ने चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जको सूचिबाट हटाइनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सम्पादकहरुसँग प्रचण्ड–माधव समूहको छलफल

काठमाडौं, ७ माघ, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–माधव समूह ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरुसँग छलफल आयोजना गरेको छ । छलफल दरबारमार्गस्थित होटल याक एण्ड

कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्ने

काठमाडौँ, ७ माघ ।  कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब

भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने

काठमाडौँ, ७ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी

सम्बन्धित

बाइडेनले आज अमेरिकी राष्ट्रपतिको शपथ लिदैँ, ५० वटै राज्यमा उच्च सतर्कता

नेपालले आफ्नो देशबारे जस्तोसुकै टिप्पणी गरे पनि आफूले प्रतिकूल टिप्पणी नगर्ने : भारतीय रक्षामन्त्री

सामसङका उपाध्यक्ष छोङ योङलाईलाई दुई वर्षको जेल सजाय

भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु

फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुद्दा १३ जनाको मृत्यु

भारतमा २४ घण्टामा थप ९ हजार ९७५ जनामा कोरोना संक्रमण, १३७ को मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com