ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी गरिँदै


एबीसी / संवाददाता

काठमाडौं , २० पुस । कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागु गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आइतवार बताउनुभएको छ । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गर्नुभयो ।

विद्यालय खोल्नुहुन्छ कि हुँदैन भन्ने विषयमा विगतमा जोनसन र सत्ताधारी दलकै कतिपय नेताहरूमा विवाद उत्पन्न भएपनि अहिले विद्यालय सञ्चालन गर्न सकिनेमा धेरैजसो सहमति नजिक रहेका छन् ।

“हामीले आउँदो केही हप्ताहरूमा देशको धेरै भागहरूमा कडा प्रतिबन्धात्मक नियमहरू लगाउन आवश्यक पर्नसक्छ,” जोनसनले बीबीसीको द एन्ड्र्यू मारको कार्यक्रममा भन्नुभयो । “म सम्पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्नेमा सहमत बनेको छु ।”

विद्यालयहरू लामो समयदेखि बन्द रहँदा सुन्दर भविष्यको कल्पना गरी विद्यालय जाने लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको बताउँदै प्रधानमन्त्री जोनसनले अभिभावकहरूलाई आग्रह गर्नुभयो, “तपाइहरूले क्रिसमसपछि खुला गरिने विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाएर सहयोग गर्नुपर्छ ।”

बेलायतले शनिबार २४ घण्टाको समयमा ५७ हजार ७२५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यो महामारी सुरुभएदेखि नै २४ घण्टामा सङ्क्रमित हुनेको सबैभन्दा बढी सङ्ख्या हो । अत्यधिक विरामीको चाप रहने समयमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यसरी नै बढ्दै गएमा यसले अस्पताल तथा स्वास्थ्य सेवाहरूलाई नै प्रभावित गर्नसक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

“मैले नागरिकको निराशालाई बुझ्छु । उनीहरूको चिन्तालाई बुझ्छु तरपनि मेरो विचारमा अहिले विद्यालय सञ्चालन गर्नका लागि सुरक्षित छन् र शिक्षा उच्च प्राथमिकताको विषय पनि हो ।”

“स्कूलहरू खुला राख्ने वातावरण प्रत्याभूत गर्नका लागि हामीले देशभर यस महामारीमा कडा संघर्ष ग¥र्यौं,” उहाँले थप्नुभयो । तर नेशनल एसोसिएसन अफ हेड टीचर्सका नेता पाउल ह्वाइटम्यानले सरकारलाई क्रिसमसको विदापछि पनि विद्यालयहरू पुनः सञ्चालन गरिनहाल्न आग्रह गर्नुभयो ।” यसले हामी सहिष्णुतालाई सहमतिमा बदल्न सक्नेछौँ र उनीहरूलाई कोभिडबाट सुरक्षित बनाउन सक्नेछौँ ।”

विद्यार्थीहरू लामो समय विद्यालयबाट टाढा रहँदा बालबालिकाको प्रगतिमा दीर्घकालीन प्रभाब पर्ने शिक्षाविदहरूको तर्क रहेको प्रधानमन्त्री जोनसनले बताउनुभयो । बेलायतमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ७४ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने करिब २६ लाख सङ्क्रमित भएको सरकारी तथ्याङ्क छ । बेलायतले अस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । करिब पाँच लाख ३० हजार खोपलाई सोमबारदेखि लगाउने व्यवस्था सरकारले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com