ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५७ मुस्लिम देशको अन्तर्राष्ट्रिय समुदायलाई आह्वान


admin
मंसिर २८, २०७४ बिहीबार  ११ : २९ बजे

काठमाडौं, २८ मंसिर । विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिने निर्णयप्रति आपत्ति जनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयले आक्रोस निम्त्याएको भेलाको ठहर छ । भेलापछि जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासलाई खलबलाउन खोजेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने उल्लेख गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णय गरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारे । उनले अब संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनुपर्ने बताए ।

अमेरिकाको निर्णयसंगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको दाबी गरे । अमेरिकाको भूमिका आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै उनले अमेरिकीहरु पुरै इजरायलको पक्षमा लागेको आरोप लगाए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले विश्वका अन्य देशलाई जेरुसेलमको मुद्दामा अमेरिकाले डर–त्रास देखाइरहेको बताए । इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय ‘गैरकानुनी र उक्साउने खालको’ भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com