ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलमा १० लाखभन्दा धेरै मानिस कोरोनाविरुद्धको खोप कार्यक्रममा सहभागी


एबीसी / संवाददाता

काठमाडौं, १९ पुस । इजरायलले १० लाखभन्दा बढी मानिसहरूलाई कोरोना भाइरसविरुद्धको खोप दिएको छ । यो अरु देशको तुलनामा सबैभन्दा उच्चदर रहेको बीबीसीले जनाएको छ । इजरायलमा ११ दशमलव ५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी बनेका छन् ।

यसैगरी बहराइनमा ३ दशमलव ४९ र बेलायतमा एक दशमलव ४७ प्रतिशत मानिसले खोप लगाएको अक्सफोर्ड विश्वविद्यालयको तथ्याङ्क उल्लेख गर्दै बीबीसीले जनाएको छ ।  यसैबीच भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्ध झण्डै तीन करोड मानिसलाई निःशुल्क खोप दिने भएको छ । भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले हिजो नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएकालाई खोप लगाउने बताउनुभयो ।

भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै १ लाख जनालाई तयारी अवस्थामा राखेको जनाएको छ । भारतमा दुईवटा कोरोना खोपको लागि अनुमति प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com