ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

प्रचण्ड–नेपाल समूहलाई निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती


एबीसी / संवाददाता

काठमाडौं, १८ पुस । प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको बताउनुभएको छ । उहाले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गर्नुभयो । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको समेत संज्ञा दिनुभयो । ‘उहाँहरुलाई पद चाहिएको छ । पद चाहिएको भए पार्टी बैठकमा आउनुपर्ने हो’, प्रचण्ड–नेपाललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुन्तला खान सुन्तला घारीमा जानुपर्छ, सल्लाघारी जाने होइन ?’ उहाले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड–नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दावी समेत गर्नुभयो। ‘तीन वर्षसम्म पार्टी हलचल हुन सकेन । तर अहिले दुई वटा नटबोल्ट खिया लागेर झरेपछि पार्टी यसरी चलेको छ,’ उहाले आफ्नो पक्षमा माहोल रहेको संकेत गर्नुभयो ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले दावी गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको समेत बताउनुभयो । यस्तै आधिकारिक नेकपा आफूले नेतृत्व गरेको समूह नै रहेको जिकिर गर्दै उहाले ‘बसिरहेको घर मेरो भन्दै निवेदन हाल्ने ? ’ भन्दै इतर समूहलाई प्रश्न समेत गर्नुभयो । उहालेप्रचण्ड–नेपाल पक्षलाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि चुनौति दिनुभयो । उहाँले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

काठमाडौं, १३ फागुन । सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने समय आइनसकेको निस्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा गौरीशङ्करलाल दासलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन

सम्बन्धित

सरकारले फेरि थप्यो कोरोनाबाट ज्यान गुमाउने ८२ जनाको विवरण, मृतकको संख्या २ हजार ७६७ पुग्यो

नेकपा नफुटेसम्म सत्ता समीकरणमा प्रवेश नगर्ने काँग्रेसको निर्णय

विवाहपछिको जीवन : “मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन”

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com