ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ बर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशुको जन्म


एबीसी / संवाददाता
पुस १८, २०७७ शनिबार  ८ : १६ बजे

काठमाडौँ, १८ पुस ।  नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भन्नुभयो ।गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोनाभाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।” उहाँद्वारा जारी वक्तव्यमा लेखिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कोम्बोडियामा यस बर्षको पहिलो दिन ९७१ जना जन्मिएका हुन् ।अरु देशको तुलनामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने पनि उहाँले आशा व्यक्त गर्नुभएको छ ।

कम्बोडियामा जन्मिएका बालबालिकाको भविश्य सुनौलो बनाउनका लागि युनिसेफले पनि सक्दो सहयोग गर्ने उहाँले आश्वासन दिनुभयो । युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कल्याणका लागि कम्बोडियामा समेत काम गरिरहेको वक्तव्य मार्फत जानकारी दिएको छ ।सन् २०२० मा भने युनिसेफले कम्बोडिया सरकार र यसका साझेदारहरुलाई कोरोनाविरुद्ध लड्नका लागि पनि सहयोग गरेको थियो । विशेष गरेर दुर शिक्षा, विद्यालय सञ्चालन, कोरोनाबाट सुरक्षित गर्न, सफा खानेपानी, पोषिलो खाद्य पदार्थलगायतका क्षेत्रमा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com