काठमाडौ,२७ मंसिर । मंसिर २१ गते दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ प्रतिश्प्रर्धामा दैलेखबाट एमाले पहिलो भएको छ । समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभामा ३६ दलले मत पाएका छन् । जसमा सबै भन्दा बढी नेकपा एमालेले ३५ हजार ७ सय ६ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ हजार १ सय ६८ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ हजार ९ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ९ सय ६४ मत पाएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाले ८ सय ३४ मत पाएको छ भने नेपाल मजदुर किसान पार्टीले ३ हजार ८ सय ८१ मत पाएको छ । त्यसै गरि राष्ट्रिय जनता पार्टी नेपालले ९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक) ले १ सय ६० मतपाएको छ । त्यस्तै नयाँ शक्ति पार्टीले १ सय ६, संघिय समाजवादी फोरम नेपालले १६, देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले ४ सय ६७, विवेकशिल साझा पार्टीले १ सय ९ मत पाएको छ ।
१ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेको दैलेखमा प्रतिनिधि सभाको समानुपातिकमा ९२ हजार ९ सय ९९ मत खसेकोमा १० हजार ८ सय ७८ मत बदर भएको छ ।
प्रतिक्रिया दिनुहोस्