ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै गोस्वामीको च्यानललाई २० हजार पाउण्ड जरिवाना


एबीसी / संवाददाता
पुस ८, २०७७ बुधबार  ७ : ४५ बजे

काठमाडौं, ८ पुस ।  भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल रिपब्लिक भारतलाई बेलायतको अफिस अफ कम्यृुनिकेसन (आफकोम)ले २० हजार पाउण्ड जरीवाना लगाएको छ । उक्त च्यानल रिपब्लिक टीभीको बेलायतबाट प्रसारण हुने हिन्दी न्युज च्यानल हो । रिपब्लिक भारतको एक कार्यक्रममा घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै बेलायतमा न्युज च्यानल ब्रोडकास्टको अधिकार दिने कम्पनी वर्ल्डभ्यु मिडिया नेटवर्क लिमिटेडमार्फत उक्त जरिमाना लगाइएको हो । बीबीसीका अनुसार अफकोमले एक आदेश जारी गर्दै आफ्नो ब्रोडकास्टको शर्त उल्लंघन गरेको कारण यो जरिमानाको निर्णय गरिएको बताएको छ । रिपब्लिक भारत च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो । अफकोमले जरिमानाका साथै यो कार्यक्रम पुनः प्रसारण नगर्न पनि चेतावनी दिएको छ ।

‘पुछता है भारत’ रिपब्लिकन भारतको टिभी शो हो । सेप्टेम्बर ६ को कार्यक्रममा यो कार्यक्रम गोस्वामीले सञ्चालन गरेका थिए । यो कार्यक्रम भारतको चन्द्रमा मिसन चन्द्रयान-२ को विषयमा थियो । जसमा तीन भारतीय र तीन पाकिस्तानी पाहुनालाई बोलाइएको थियो । यद्यपि यो कार्यक्रममा पाकिस्तानले चरमपन्थी घटनामा सामेल भएको आरोप लगाइएको थियो । उक्त कार्यक्रमा गोस्वामीले पाकिस्तानी पाहुनहरुलाई भनेका थिए – हामी वैज्ञानिक बनाउँछौं तपाईंहरु चरमपन्थी । त्यस्तै अन्य भारतीय वक्ताहरुले पनि पाकिस्तानका वैज्ञानिकलाई ‘चोर’ भनेका थिए भने अर्का एक वक्ताले ‘भिखारी’ भनेका थिए । अफकोमले कार्यक्रममा पाकिस्तानी वक्ताहरुलाई बोल्न नदिइएको र उनीहरुको कुरा सुन्न अस्वीकार गरिएको पाइएको बताएको छ । अफकोमले जारी गरेको आदेशमा वर्ल्डभ्यु मिडियाले आफ्नो सुरुआती जवाफमा सेप्टेम्बर ६ को कार्यक्रम पुनः प्रसारण नगरिएको र यस किसिमका घटना नहोस् भन्नका लागि आवश्यक कदम चालिएको बताएको छ । साथै कम्पनीले जानाजान नियमको उल्लंघन नगरेको स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com