ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै गोस्वामीको च्यानललाई २० हजार पाउण्ड जरिवाना


एबीसी / संवाददाता

काठमाडौं, ८ पुस ।  भारतीय पत्रकार अर्नब गोस्वामीको टेलिभिजन च्यानल रिपब्लिक भारतलाई बेलायतको अफिस अफ कम्यृुनिकेसन (आफकोम)ले २० हजार पाउण्ड जरीवाना लगाएको छ । उक्त च्यानल रिपब्लिक टीभीको बेलायतबाट प्रसारण हुने हिन्दी न्युज च्यानल हो । रिपब्लिक भारतको एक कार्यक्रममा घृणा र असहिष्णुतालाई बढाउने सामग्री राखेको भन्दै बेलायतमा न्युज च्यानल ब्रोडकास्टको अधिकार दिने कम्पनी वर्ल्डभ्यु मिडिया नेटवर्क लिमिटेडमार्फत उक्त जरिमाना लगाइएको हो । बीबीसीका अनुसार अफकोमले एक आदेश जारी गर्दै आफ्नो ब्रोडकास्टको शर्त उल्लंघन गरेको कारण यो जरिमानाको निर्णय गरिएको बताएको छ । रिपब्लिक भारत च्यानलमा ‘पुछता है भारत’ कार्यक्रम सन् २०१९ को सेप्टेम्बर ६ मा प्रसारित गरिएको थियो । अफकोमले जरिमानाका साथै यो कार्यक्रम पुनः प्रसारण नगर्न पनि चेतावनी दिएको छ ।

‘पुछता है भारत’ रिपब्लिकन भारतको टिभी शो हो । सेप्टेम्बर ६ को कार्यक्रममा यो कार्यक्रम गोस्वामीले सञ्चालन गरेका थिए । यो कार्यक्रम भारतको चन्द्रमा मिसन चन्द्रयान-२ को विषयमा थियो । जसमा तीन भारतीय र तीन पाकिस्तानी पाहुनालाई बोलाइएको थियो । यद्यपि यो कार्यक्रममा पाकिस्तानले चरमपन्थी घटनामा सामेल भएको आरोप लगाइएको थियो । उक्त कार्यक्रमा गोस्वामीले पाकिस्तानी पाहुनहरुलाई भनेका थिए – हामी वैज्ञानिक बनाउँछौं तपाईंहरु चरमपन्थी । त्यस्तै अन्य भारतीय वक्ताहरुले पनि पाकिस्तानका वैज्ञानिकलाई ‘चोर’ भनेका थिए भने अर्का एक वक्ताले ‘भिखारी’ भनेका थिए । अफकोमले कार्यक्रममा पाकिस्तानी वक्ताहरुलाई बोल्न नदिइएको र उनीहरुको कुरा सुन्न अस्वीकार गरिएको पाइएको बताएको छ । अफकोमले जारी गरेको आदेशमा वर्ल्डभ्यु मिडियाले आफ्नो सुरुआती जवाफमा सेप्टेम्बर ६ को कार्यक्रम पुनः प्रसारण नगरिएको र यस किसिमका घटना नहोस् भन्नका लागि आवश्यक कदम चालिएको बताएको छ । साथै कम्पनीले जानाजान नियमको उल्लंघन नगरेको स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्यो

काठमाडौं, २३ फागुन । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८

सभामुखसँग प्रचण्ड र माधव नेपालको भेटवार्ता

काठमाडौं, २३ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ । आइतबार बिहान सभामुख

खाेप लगाएपछि प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘ढुक्क हुनुहाेस्, खाेप सुरक्षित छ’

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान त्रिवि शिक्षण अस्पताल

सम्बन्धित

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

सेनाले कू गरेपछि भारतमा शरणार्थी बन्न आए म्यानमारका प्रहरी

‘जेलमा मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको तस्बिर भाइरल भएपछि प्रहरीलाई फसाद

म्यानमारमा प्रदर्शन हिंसात्मक बन्दै : सेनाको आक्रमणबाट एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com