ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी


एबीसी / संवाददाता
पुस ७, २०७७ मंगलबार  ७ : २४ बजे

काठमाडौं, ६ पुस ।  सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ । हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ ।

यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला) छुट्याएको छैन भने रासनसमेत बढाएको छैन । जिल्लामा आएकै रासन मिलाएर सीमामा खटेका सुरक्षाकर्मीलाई पठाउनुपर्ने बाध्यता छ । “हामीसँग पर्याप्त सुविधा छैन, राज्यको सुविधा नै सीमित भएकाले कम सुविधामै काम गर्नुपरेको छ”, सशस्त्र प्रहरी कार्यालय इलामका प्रमुख सुधीरजङ्ग थापाले भन्नुभयो, “जति छ त्यतिमै चित्त बुझाएर सुरक्षामा खटेका छौँ ।”

जिल्लाको जौबारी र सन्दकपुरमा सुरक्षाका लागि बीओपी स्थापना भएको छ । यी दुईस्थान तीन हजार मिटरभन्दा बढी उचाइका छन् । यी क्षेत्रमा वर्षमा पाँच महिना हिउँ पर्छ तर सुविधा नबढाउँदा समस्यासँग जुझ्दै सुरक्षामा खटिनुपरेको छ । आवास र सुविधा बढाउन जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी पनि गराइन्छ तर सुनुवाइ नहुँदा जत्तिको तत्तिमै चित्त बुझाएर सुरक्षामा खटिनुपरेको छ ।

इलामको पशुपतिनगरसहित सलकपुर, समालवुङ, छब्बीसे, कालपोखरी र जौबारीमा बीओपी स्थापना गरिएको छ । पशुपतिनगरमा बाहेक सबै स्थानमा यसै वर्ष बिओपी स्थापना गरिएको हो । प्रत्येक बीओपीमा २०÷२० जनाको दरमा सशस्त्र प्रहरी खटाइएको छ । “अरू सुविधा नभए पनि हिउँबाट जोगिनका लागि स्लिपिङ ज्याकेट मात्रै भए पनि ड्युटी गर्न केही सजिलो हुन्थ्यो”, प्रमुख थापाले भन्नुभयो, “मोटरसाइकलमा ओहोरदोहोर गर्नुपर्छ । गाडीको सुविधा भए जाडोमा कतै जानसमेत सहज हुन्थ्यो ।”

सशस्त्र प्रहरीको मात्र होइन सीमामा खट्ने नेपाल प्रहरीको हविगत पनि उस्तै छ । सीमाभन्दा केही तलको भूभागमा राखिएका प्रहरी कार्यालयमा पनि लत्ताकपडाकै समस्या छ । जिल्लामा खटिएकै जतिमात्र लत्ताकपडा र रासन आउँछ र त्यही बाँड्नु पर्ने बाध्यता छ । “माग गरे जति दरबन्दी आएको छैन । भएकै जवान खटिनुपर्छ”, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीन राईले भन्नुभयो, “यसले गर्दा एकै जना व्यक्ति ड्युटीका लागि धेरैतिर पुग्नुपर्छ ।”

राईका अनुसार जिल्लाका लेकाली क्षेत्र कालपोखरी, जौबारी, साकफारा र चिसापानी जस्ता विकट र लेकाली क्षेत्रमा रहेका प्रहरी कार्यालयमा ड्युटी गर्न अत्यन्तै कष्टकर छ । सीमामा प्रहरी पुग्दा नागरिकले सुरक्षा महसुस त गरेका छन् तर पूर्वाधार र स्रोतसाधन नहुँदा समस्या भएको हो । सीमामा सुरक्षाकर्मी खटाएपछि आपराधिक गतिविधि र भारतीय सीमा प्रहरीको नेपालतर्फ हैकमसमेत कम भएको छ तर नेपाली सुरक्षाकर्मीको आफ्नै समस्याले गर्दा पर्याप्त सुरक्षा दिन सकिएको छैन ।

यता जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले स्थापना भएका सीमा सुरक्षा पोष्टलाई थप व्यवस्थापनको काम अघि बढाउन माथिल्लो निकायसँग आग्रह गरिएको बताउनुभएको छ । सीमा रक्षा, संवेदनशील क्षेत्रको संरक्षण, चोरी निकासी र तस्करी नियन्त्रणको काममा सुरक्षा पोष्टका सुरक्षाकर्मी खटिने भएकाले थप व्यवस्थित बनाउन निर्माणको काम पनि थालिएको बरालले जानकारी दिनुभयो । यस्तै प्रदेश नं १ का आर्थिक मामिला तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पनि सुरक्षामा खटिएका प्रहरीलाई सुविधामा वञ्चित हुन नदिने बताए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रको इलामले छोएको साढे ५२ किलोमिटर सिमानामा सात वटा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन् । इलामले छोएको दशगजा र आसपासमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का २६ बीओपी र एउटा प्रहरी चेकपोस्ट छ । सीमा क्षेत्र सुरक्षाकै लागि भारतपट्टि दुई÷दुई किलोमिटरमा बीओपी रहेका छन् । भारतको तुलनामा नेपालतर्फको सुरक्षा कमजोर छ तर पछिल्लो समय सरकारले बढाएको सुरक्षाले सीमावर्ती नागरिकले धेरै सुरक्षा महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com