ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ को मोरङ बाट कुन दलले कति सिट जिते


sharan sharan
मंसिर २६, २०७४ मंगलबार   ४ : ३८   बजे

काठमाडौं,२४ मंसिर, । मंसिर २१ गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा मोरङमा प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बाम गठबन्धनले कम स्थानमा जित हासिल गरेको छ ।
प्रतिनिधिसभामा उत्साहजनक नतिजा ल्याएको बाम गठबन्धनले प्रदेशसभामा अपेक्षित रुपमा नतिजा आफ्नो पक्षमा पार्न नसकेको हो ।
प्रदेशसभातर्फ १२ सिट रहेको मोरङमा बाम गठबन्धनले ७ सिट जितेको छ भने कांग्रेसले ४ र संघीय समाजवादी फोरमले १ सिट जितेको    छ ।बाम गठबन्धनको तर्फबाट मोरङमा एमालेले ५ र माओवादीले २ स्थानमा जितेको छ ।
मोरङ क्षेत्र नम्वर १ अन्तरगत ‘क’ र ‘ख’ मा क्रमशः माओवादीका कूलप्रसाद साम्बा र एमालेका उपेन्द्र घिमिरेले विजय प्राप्त गरेका छन् ।
दुवै जना बाम गठबन्धनका उम्मेदवार हुन् । साम्बाले १९ हजार ५ सय ५४ र कांग्रेसका ललित अधिकारीले १५ हजार २ सय ६३ मत ल्याएका थिए ।
यस्तै, ‘ख’ मा एमालेका घिमिरेले १७ हजार १ सय १७ र प्रतिस्पर्धी कांग्रेसका ईश्वरी कोइरालाले १४ हजार ३ सय १० मत ल्याए ।
क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ मा कांग्रेसका शिवनारायण गनगाई र एमालेका लिलाबल्लभ अधिकारीले विजय प्राप्त गरेका छन् । गनगाईले माओवादीका नेता गणेशप्रसाद उप्रेतीलाई पराजित गरेका हुन् भने अधिकारीले कांग्रेसका घणिन्द्रबहादुर कुँबरलाई पराजित गरेका थिए ।
प्रदेशसभा ‘क’ मा गनगाईले १४ हजार २ सय ४६मत ल्याउँदा माओवादीका गणेश उप्रेतीले १३ हजार २ सय ८८ मत प्राप्त गरेका थिए । ‘ख’ का उम्मेदवार अधिकारीले १८ हजार ३ सय ८६ मत ल्याउँदा कुँबरले १७ हजार १ सय २७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ को ‘क’ र ‘ख’ मा क्रमशः कांग्रेसका सूयर्मा राज राई र एमालेका राजकुमार ओझाले विजय प्राप्त गरेका छन् । राईले माओवादीकी नेतृ गीता तिम्सिनालाई ९ सय मत अन्तरले पराजित गरेका थिए ।
तिम्सिनाले १९ हजार ३ सय ९९ मत ल्याउँदा राईले २० हजार २ सय ९९ मत प्राप्त गरे । ओझाले भने कांग्रेसका ललित बहादुर श्रेष्ठलाई २ हजार ५ सय ३३ मतअन्तरले पराजित गरेका हुन् । ओझाले २२ हजार ८ सय २० र श्रेष्ठले २० हजार २ सय ८७ मत प्राप्त गरेका थिए ।
मोरङ क्षेत्र नम्बर ४ को ‘क’ र ‘ख’ मा क्रमशः माओवादीका उम्मेदवार विजय विश्वास र एमालेका जीवन घिमिरे विजयी भएका छन् ।
विश्वासले १८ हजार २ सय ८९ मत ल्याएर प्रतिस्पर्धी कांग्रेसका भक्तिनाथ माझीलाई ३ हजार ६६ मतको अन्तरले हराएका थिए ।
प्रदेशसभा ‘ख’ का घिमिरेले १३ हजार ८ सय ५ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ रिजालले ११ हजार ६ सय २५ मत प्राप्त गरेका छन् । मोरङको क्षेत्र नम्बर ५ को क र ख मा क्रममा एमालेका ज्ञानेश्वर राजवंशी र संघीय समाजवादी फोरमका जयराम यादव विजयी भएका छन् ।
राजवंशीले कांग्रेसका शुकदेवप्रसाद मण्डललाई पराजित गरेका हुने । राजवंशीले १२ हजार ८ सय ६१ मत ल्याउँदा मण्डलले भने ८ हजार ८ सय २८ मत प्राप्त गरेका थिए ।
मोरङकै क्षेत्र नम्बर ६ को दुवै प्रदेशसभामा भने कांग्रेसका चुमनारायण तबदार र केदार कार्कीले विजय प्राप्त गरेका छन् । तबदारले माओवादीका उम्मेदवार जीवन आचार्यलाई र कार्कीले एमालेका रमेशप्रसाद पोखरेललाई पराजित गरेका थिए । तबदारले २३ हजार ५ सय १३ मत ल्याउँदा आचार्यले २१ हजार ४ सय ७० मत प्राप्त गरे ।
प्रदेशसभा ‘ख’ मा भने कार्कीले ११ हजार २ सय ९८ मत ल्याउँदा पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ २ नम्बर निर्वाचन बाहेकका अन्य निर्वाचन क्षेत्रमा बाम गठबन्धन हावी भएको छ ।
नेपाली कांग्रेसले मोरङ २ बाहेक अन्य क्षेत्रबाट जनमत गुमाउनु परेको छ ।
मोरङ २ मा नेपाली काग्रेसका डा। मिनेन्द्र रिजाल विजयी भएका छन् । उनले एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका हुन् । पोखरेल पूर्व सभासद् समेत हुन् ।
प्रतिनिधिसभातर्फ ६ सिट रहेकोे मोरङमा ३ स्थानमा एमाले र २ स्थानमा माओवादीले जित निकालेको छ । मोरङको १, ३ र ६ मा क्रमशः एमालेका घनश्याम खतिवडा, भानुभक्त ढकाल र लालबाबु पण्डित विजयी भएका छन् ।
माओवादीतर्फ मोरङ ४ र ५ मा क्रमशः शिवकुमार मण्डल र अमनलाल मोदीले जित हात पारेका छन् । यस पटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेविवेटका नेताहरु पराजित भएका छन् ।
क्षेत्र नम्बर ५ बाट एमालेका लालबाबु पण्डितले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पराजित गरेका छन् । मोरङ ४ बाट पूर्व अर्थमन्त्री एवं काग्रेस नेता महेश आर्चाय माओवादीका अमनलाल मोदीसँग पराजित भएका छन् ।

मोरङ ५ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सभासद् अमृत अर्याल माओवादी नेता एवं विनाविभागिय मन्त्री शिवकुमार मण्डलसँग पराजित भएका छन् ।

मोरङ १ मा कांग्रेसका जिल्ला सभापति एवं पूर्व सभासद् डिकबहादुर लिम्वु एमालेका घनश्याम खतिवडासँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group