ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटक बनाउदा झुलेङ्गे पुलबाट खसेर एक युवा गम्भीर घाइते (भिडियोसहित)


एबीसी / संवाददाता
पुस ५, २०७७ आईतबार  १० : २२ बजे

टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिए’का एक युवा लडेर गम्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका–५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले सेतोपाटीलाई जानकारी दिएको छ । शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए। त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेका थिए।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार घटना शनिबार दिउँसो सवा २ बजेतिरको हो। ‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झुण्डि’एका रहेछन्,’ केसीले भने, ‘केहीबेर झुण्डिएपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’

थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। उनको टाउको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चोटपटक लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

सेतोपाटीलाई प्राप्त भिडियोमा थापा पुलमुनि केहीबेर झुण्डिएको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा खसेको देखिन्छ। थापा पुलमुनि झुण्डिरहेको समयमा उनका ६र७ जना साथीहरु पुलमा उभिरहेका हुन्छन्।

प्रहरी निरीक्षक केसीले आफूहरू खबर पाएलगतै घटनास्थल पुगे पनि उनका साथीहरुले उद्धार गरि अस्पताल लगिसकेको बताए।

https://www.youtube.com/watch?v=RuIJP0C2pDI

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के दुवईको अन्त्य हो यो ?

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com