ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम चलाउ सरकारलाई प्रदेश प्रमुख र केन्द्र तोक्ने अधिकार छैन – बाम गठबन्धन


sharan sharan

काठमाडौं, २६ मंसिर । वाम गठबन्धनले प्रदेशसभा प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार कामचलाउ सरकारलाई नभएको स्पष्ट पारेका छन् । सरकारले प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका वेला स्पष्ट बहुमत निकालेका वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले आफुहरुसगको छलफल पछि मात्र त्यस्तो कार्य गर्न सरकारलाई सचेत गराएका हुन् । काम चलाउ सरकारलाई प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने तथा मुख्यमन्त्रीको कार्यालय बनाउने विषयमा निर्णय गर्ने कुनै अधिकार नरहेको दुवै दलका नेताले बताएका छन् ।

विजयी जुलुस मनाउने क्रममा गाउँगाउँमा रहेका वाम गठबन्धनका नेताहरूले सरकारले प्रदेश राजधानी तोक्ने विषयमा कुनै छलफल नगरेको र अहिलेको हारेका व्यक्तिहरू सम्मिलित सरकारले गरेका निर्णय आफूले नमान्ने उद्घोष गरेका छन् । इलाममा रहेका पूर्वसभामुख तथा नवनिर्वाचित सांसद एमाले नेता सुवास नेम्बाङले अहिलेको सरकारले यस विषयमा वाम गठबन्धनसँग छलफल नगरेको बताए । कुनैपनि छलफल नै नगरी निर्णय लिने अधिकार सरकारलाई नभएको भन्दै उनले यस विषयमा अब केही दिनमा छलफल गरिने प्रतिक्रिया दिए। ‘राजनीतिक सहमतिविना प्रदेश राजधानी तोक्ने काम अस्वीकार्य छ । यो सरकारले अहिले किन यसो गर्दै छ । महत्वपूर्ण निर्णयमा किन अघि सर्दै छ । आपूmहरूलाई थाहा छैन’ नेम्वाङको भनाइ छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि राजनीतिक सहमतिविना प्रदेशको प्रमुख र राजधानी तोक्ने विषयमा आफ्नो पार्टीलाई केही थाहा नभएको प्रतिक्रिया दिइन ।

‘यो विषयमा मन्त्रिपरिषदमा छलफल भएछ । तपाईंले भनेपछि थाहा पाएँ । यो विषयमा सरकारले अहिले कुनै निर्णय गर्नु हुँदैन, भुसालले बताइन । अहिलेको सरकार आफैँ काम चलाउ बनेको भन्दै भन्दै , ‘यो आफैँ काम चलाउ सरकार हो । त्यसमा पनि प्रधानमन्त्रीबाहेक सबै पराजित भएका मन्त्री छन् जस्तो लाग्छ । त्यसैले प्रदेशको राजधानी तय गर्ने कुरा वाम गठबन्धनसँग छलफल नगरी सम्भव छैन । राजनीतिक सहमति आवश्यक छ ।’ सोमबारको मन्त्रिपरिषद् बैठकमा यसविषयमा छलफल भएको खवर आएपछि बाम गठबन्धनका नेताले प्रतिक्रिया दिएकाहुन् ।

सहरी विकास मन्त्री दिलनाथ गिरीले ७ वटै प्रदेशका अस्थायी राजधानी, प्रदेशसभा सञ्चालन गर्ने स्थलबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । गिरीले भने यो, ‘पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगञ्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने तयारी रहेको छ ।’ सहर विकास मन्त्रालयका कर्मचारीले पनि प्रदेशसभा बोलाउने वेला भइसक्दा पनि सभा भवन अन्योलमा हुँदा काम गर्न गाह्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com