ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ, पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने : ब्राजिलका राष्ट्रपति


एबीसी / संवाददाता

ब्राजिल, ५ पुस । कोभिड १९ को महामारी नियन्त्रणमा गम्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।

कोभिड विरुद्धको खोप कोही पनि ब्राजिलियनलाई नलगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जिकिर गरे । साथै महिलाको गालामा दाह्री पलाउनसक्ने दावी समेत गरे । यस्तै पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने भन्दै भ्याक्सिन लगाउनु उपयुक्त नभएको उनको ठहर छ । फाइजर कम्पनीको भ्याक्सिनले यसको गलत असर देखिएमा आफू जिम्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यसअघि पनि कोरोनाभाइरसलाई साधारण रुघाखोकी मात्रै भएको भन्दै विवादित बनेका थिए ।

यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ । ब्राजिलसँग चिनियाँ र अरु केही औषधि कम्पनीले सम्झौता गरेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोनाको असर पर्ने देशमध्ये ब्राजिल पनि एक हो । जहाँ अमेरिकापछि धेरै मृत्यु भएको हो । अर्थात् यहाँ १ लाख ८५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ७१ लाख भन्दा धेरे संक्रमित भइसकेका छन् । त्यसो त ब्राजिलका राष्ट्रपति बोल्सोनारो र उनकी पत्नी समेत यसअघि नै कोरोनाभाइरसबाट संक्रमित भइसकेका हुन् । ३ साताको उपचारपछि निको भएका बोल्सोनारोले कोरोना र यसको खोपबारे विवादास्पद अभिव्यक्ति दिँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com