ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको खोपले महिलाको दाह्री पलाउनसक्छ, पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने : ब्राजिलका राष्ट्रपति


एबीसी / संवाददाता
पुस ५, २०७७ आईतबार  ९ : १२ बजे

ब्राजिल, ५ पुस । कोभिड १९ को महामारी नियन्त्रणमा गम्भीर नबनेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो आलोचित बनिरहेका बेला उनले हालै कोभिडविरुद्धको खोपबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।

कोभिड विरुद्धको खोप कोही पनि ब्राजिलियनलाई नलगाउने भन्दै उनले हालै यो खोप लगाए मानिस गोही बन्नसक्ने जिकिर गरे । साथै महिलाको गालामा दाह्री पलाउनसक्ने दावी समेत गरे । यस्तै पुरुषको स्वर महिलाको जस्तै बन्नसक्ने वा यस्तै बदलाव आउनसक्ने भन्दै भ्याक्सिन लगाउनु उपयुक्त नभएको उनको ठहर छ । फाइजर कम्पनीको भ्याक्सिनले यसको गलत असर देखिएमा आफू जिम्मेवार नहुने भनेपछि बोल्सोनारोले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले यसअघि पनि कोरोनाभाइरसलाई साधारण रुघाखोकी मात्रै भएको भन्दै विवादित बनेका थिए ।

यद्यपि भ्याक्सिनको परीक्षण ब्राजिलमा पनि भइरहेको छ । ब्राजिलसँग चिनियाँ र अरु केही औषधि कम्पनीले सम्झौता गरेका छन् । विश्वमा सबैभन्दा धेरै कोरोनाको असर पर्ने देशमध्ये ब्राजिल पनि एक हो । जहाँ अमेरिकापछि धेरै मृत्यु भएको हो । अर्थात् यहाँ १ लाख ८५ हजार भन्दा धेरैको मृत्यु हुनुका साथै ७१ लाख भन्दा धेरे संक्रमित भइसकेका छन् । त्यसो त ब्राजिलका राष्ट्रपति बोल्सोनारो र उनकी पत्नी समेत यसअघि नै कोरोनाभाइरसबाट संक्रमित भइसकेका हुन् । ३ साताको उपचारपछि निको भएका बोल्सोनारोले कोरोना र यसको खोपबारे विवादास्पद अभिव्यक्ति दिँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com