ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

हेटौँडा-काठमाडौँ ‘रोपवे सञ्चालन गर्नेतर्फ सम्भाव्यता अध्ययन गरिने’


एबीसी / संवाददाता

काडमाडौ, २ पुस । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले गृहकार्य शुरु गरिसकेको बताउनुभएको छ ।

उहाँले  प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७/०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल भइरहेको बताउनुभयो । उहाँले प्राविधिकले दिएको सुझाव र कार्यतालिकाअनुसार बजेट विनियोजन गरी विभिन्न उपकरणका साथै केबुलतार जडान गर्न प्राविधि छिट्टै परिचालन गरिने उल्लेख गर्नुभयो ।

अमेरिकन सरकारको सहयोगमा सञ्चालित नेपाल रोपवे विसं २०२० देखि हेटौँडा–काठमाडौँको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित रहँदै आएको थियो । हेटौँडादेखि विभिन्न स्टेशनमा केबुलतारका साथै केही उपकरणमा आएको खराबीले गर्दा विसं २०५६ जेठदेखि रोपवे सञ्चालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो । काठमाडौँको टेकु, मातातीर्थ, टङ्ला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत सातवटा स्टेशनमा मर्मतसम्भार, नयाँ तारको केबल फेर्ने र सामान ढुवानी गर्ने ट्रली नयाँ खरिद गरी सञ्चालनमा ल्याउन प्राविधिकले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद उप्रेतीले बताउनुभयो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्दै आएको हेटौँडाका किराना व्यवसायी प्रभाकर पाण्डेले जनाउनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरेको पनि मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाडौं, १३ फागुन ।   नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाडौं, १३ फागुन ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र

सम्बन्धित

भुइँको टिप्न खोज्दा पोल्टाको गुमाएका प्रधानमन्त्री ओलीको राजनीतिक अहम्‌को अवसान

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्रीले आज उद्घाटन गर्नुहुने

एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छ : प्रधानमन्त्री ओली

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com