ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

किसानको पीडा : सातवर्ष भयो चारलाख लिन बाँकी, पैसा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?


एबीसी / संवाददाता

काठमाडौँ, १ पुस । चिनी उद्योगले खरिद गरेको उखुको भुक्तानी नदिएपछि यतिबेला उखु किसानहरु काठमाडौँको माइतीघरमा धर्ना दिइरहेका छन् । सर्लाही रामनगर गाउँपालिका–१ का वयोवृद्ध किसान गगनदेव यादव पनि त्यहीँ भेटिनुभयो ।
उमेरले ७० वर्षका उहाँ छातीमा पोस्टर झुण्ड्याएर चिसो सडकमा पलेँटी कसेर बस्दैहुनुहुन्छ । अन्नपूर्ण सुगर मिलले खरिद गरेको उखुको भुक्तानी नपाएपछि सरकारले पहल गरिदेओस् भनी आन्दोलनमा आएको उहाँले सुनाउनुभयो ।
उहाँले सर्लाहीमा दुई बिगाहा जमिनमा उखु खेती लगाउनुभएको छ । नगद आम्दानीको एक मात्र स्रोत यही उखु खेती भएको बताउँदै उहाँले भन्नुभयो, ‘चार लाख रुपियाँ लिन बाँकी छ । २०७० सालदेखिको आज दिन्छु, भोलि दिन्छु भन्ने भाका कुर्दा कुर्दै यत्रो समय बित्यो । कहिले दशैँमा दिन्छु भन्छन्, छठमा दिन्छु भन्छन् । तर पैसा पाइनँ ।’
‘हामी उखु उधारोमा बेच्छौँ तर चिनी नगदमा बिक्री हुन्छ । हामीलाई आफ्नो उखुको मूल्य तिर्न किन यति आनाकानी ?’ उहाँले दुखेसो पोख्नुभयो ।
२०७२ सालमा कृषि विकास बैंकबाट दस लाख रुपियाँ ऋण लिएको उहाँले सुनाउनभयो । उहाँले भन्नुभयो, ‘बैंकले सूचना निकालिरहन्छ । तिर्न नसके मेरो घरजग्गा नै लिलाम गर्छ ।’‘गाउँमै पनि चिनी उद्योग हामीलाई कहिल्यै सुनेन । त्यसैले सरकारले हामीलाई आफ्ना उखुको मूल्य दिलाउन सहयोग गरोस् भनी बिन्ती गर्न यहाँ आएको हो ।’ उहाँले भन्नुभयो ।

दस जना नातिनातिनीलाई खुवाउने र पढाउने सबैको भर यही उखु खेती भएको यादवले बताउनुभयो । ‘त्यही पैसा पनि समयमा नपाएपछि हामी बालबच्चालाई कसरी कापीकलम दिने ?’ उहाँले प्रश्न गर्नुभयो ।

उखुको पैसा पाए सधैँ बर्खामा डुबिरहने बासलाई सुरक्षिँत बनाउने उहाँको आशा छ । यादवले भन्नुभयो, ‘अझै मेरो घरअगाडि पानी छ । नातिनातिनीहरु पानीमा डुब्ला भन्ने ठूलो चिन्ता छ । पैसा आए बासको व्यवस्था पनि गर्न सकिन्थ्यो ।’

गाउँमा वडाध्यक्ष, सांसद, नेता सबैलाई भन्दा पनि समस्या समाधान नभएको उहाँको गुनासो छ । उखु किसानले पटक पटक गरेको आन्दोलनमा उहाँ काठमाडौँ आउनुभएको छ । अब भने उधारो सहमति गरेर नजाने उहाँलगायत किसानको अडान छ ।
‘जति दिन लागोस्, म यहीँ बस्छु । भुक्तानी नलिई त घर फर्किन्नँ । आन्दोलन गरी पनि पैसा नलिई घर गए गाउँमा बेइज्जत हुन्छ मेरो ।’ उहाँले सुनाउनुभयो ।

अहिले किसानहरुको नेतृत्व गरी काठमाडौँ आउनुभएका उखु किसान संघर्ष समितिका संयोजक रामस्वार्थ रायका अनुसार गत वर्षको माघ ७ गतेसम्म भुक्तानी दिने भनी गरिएको सम्झौला चिनी उद्योगहरुले कार्यान्वयन गरेनन् । चैतसम्म पनि सबै भुक्तानी नपाएपछि गत चैत ६ गते पनि किसानहरु काठमाडौँ आएका थिए । संयोजक यादवका अनुसार त्यतिबेला कोरोना संक्रमण र लकडाउनका कारण चैत ८ गते नै किसानहरु फर्किए । अब भने भुक्तानी नपाई किसानको आन्दोलन नरोकिने रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमै रहने माधव नेपाल समूहको निष्कर्ष

काठमाडौं, २४ फागुन ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्ष गर्ने भएका छन्। नेपालनिकट स्थायी कमिटी सदस्यहरुबीच सोमबार नयाँ बानेश्वरमा

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

काठमाडौं, २४ फागुन । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

संसद्को पहिलो बैठक नै सुखद भएन, धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री ओली

काठमाडौं, २४ फागुन।  प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा ओलीले

सम्बन्धित

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँ : अर्थमन्त्री पौडेल

तोलामा ९०० ले घट्यो सुनको मूल्य

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

इन्फ्रास्ट्रक्चर बैंकको सेयर किन्न चाहने छैनन, बेच्न चाहने ९ लाख पुगे

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com