ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिकायत नआउने ढङ्गबाट काम गर्नुस् : प्रमुख आयुक्त


admin
असार ७, २०७४ बुधबार   ४ : २५   बजे

काठमाडौँ, ७ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको निर्वाचन आयोग परिसरमा आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “उम्मेदवारी मनोनयन दर्ता निकै शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।”

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा यहीँ असार १४ गते हुने दोस्रोचरणको स्थानीय तह निर्वाचनका लागि करिब ६३ हजारले उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने आचारसंहिता उलङ्घन र पैसाको चलखेलका गतिविधि रोक्न गहिरो निगरानी राखेर सूचना सङ्कलन गरी उपलब्ध गराउन निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “राजनीतिक दलका नेतासँग समदुरी कायम गरी आयोगको अभिन्न अङ्गको रुपमा सिकायत नआउने ढङ्गबाट काम गर्नुस् ।”

निर्वाचनका लागि स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण बनाउन सुक्ष्म अनुगमनकर्ताको महत्वपूर्ण भूमिका र जिम्मेवारी हुने बताउँदै उहाँले आफू खटिएको स्थानको निर्वाचनको वातावरणको अध्ययन विश्लेषण गरी भयरहित वातावरणमा नमुना कायम गर्ने ढङ्गबाट काम गर्न सुझाव दिनुभयो ।

दोस्रोचरणको निर्वाचनमा मतदाताको अधिक सहभागिता जुटाउने जिल्लामा निर्वाचनमा खटिने कर्मचारीलाई पुरस्कृत गरिने घोषणा गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले सुक्ष्म अनुगमनकर्तालाई आयोगका आँखा र कानको रुपमा काम गर्न निर्देशन पनि दिनुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आयोगले विशेष जिम्मेवारी दिएर खटाएका सुक्ष्म अनुगमन कर्ताले दैनिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो । दोस्राचरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ ।

निर्वाचनका हिसाबले संवेदनशील मानिएका स्थानीय तह अन्तर्गतका नगरपालिका र गाउँपालिकामा आयोगले उपसचिव र शाखा अधिकृतस्तरका ७५ कर्मचारीलाई सुक्ष्म अनुगमन कर्ताको जिम्मेवारी दिएर खटाएको हो ।

आयोगका पदाधिकारीका अतिरिक्त प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग समन्वयमा रहेर काम गर्ने जिम्मेवारी रहेका सुक्ष्म अनुगमनकर्तालाई उम्मेदवार, राजनीतिक दल र सञ्चार माध्यमसँग आफनो परिचय खोल्ने अधिकार हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group