ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडनको जितले औपचारिकता पायो


एबीसी / संवाददाता

एजेन्सी । अमेरिकी राष्ट्रपती पदमा निर्वाचित जो बाइडनको जितलाई औपचारिकता प्राप्त भएको छ । इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका हुन । राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम चरणहरु मध्येको यो एउटा चरण हो।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याट उम्मेद्वार बाइडनले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पले २३२ मत ल्याएको विविसीले जनाएको छ ।
अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा इलेक्टरलहरूलाई मत दिन्छन् । जसले चुनावपछि राष्ट्रपतिका उम्मेद्वारलाई औपचारिक रूपमा मत दिन्छन्।

यो प्रक्रिया भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने विश्वास गरिएको छैन।
सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा सबै राज्यका मतहरू निकै चर्चामा रहे।

ट्रम्पले कतिपय राज्यमा त मुद्दा पनि हाले । तर ती सबै मुद्दाहरु अदालतले अस्वीकार गरिदिएका छन ।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्नियामा सोमवार मत दिने अन्तिम राज्य थियो । त्यहाँ ५५ इलेक्टरल मत छ। त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो।

मिचिगन र जर्जिया जस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था कडा पारिएको थियो।
मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइनेछ । त्यहाँ ६ जनवरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा इलेक्टरल मतहरुको गणना गरिन्छ।

त्यसले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ ।
इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको सङ्क्रमणकालीन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com