ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाविरुद्धको खोपको पहिलो खेप यूरो सुरुङ्ग मार्ग मार्फत् बेलायत आइपुग्यो


एबीसी / संवाददाता
मंसिर १९, २०७७ शुक्रबार  ३ : ४८ बजे

काठमाडौं, १९ मंसिर । कोभिडविरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रहरुमा वितरणका लागि तयारी गरिएको छ ।

बेलायतले आफ्नो दुई करोड नागरिकका लागि चार करोड डोज आपूर्ति गर्ने सम्झौता गरेको छ । इंग्ल्याण्डको सहायक प्रमुख मेडिकल अधिकृतले पहिलो चरणमा लगाइने खोपले अस्पतालमा भर्ना भएका र मृत्युसँग जुझिरहेका ९९ प्रतिशत बिरामीको कोरोना नियन्त्रणमा आउने दाबी गर्नुभएको छ ।
बीबीसीसँगको कुराकानीमा प्राध्यापक जोनाथन भान टमले पहिलो प्राथमिकतामा रहेका सूचीका सबैलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले भारी मात्रामा तीव्र गतिमा खोप वितरणको आवश्यकता औंल्याउनुभयो । तर खोप लगाइने प्राथमिकता सूची भने अझै खुकुलो बनाउनुपर्ने उहाँले सुझाब दिनुभयो ।

बेलायतमा आपूर्ति गरिएको फाइजर र एनबायोटेकको कोभिडविरुद्धको खोप बेल्जियममा उत्पादन गरिएको छ र यूरो सुरुङ्ग मार्ग मार्फत् बेलायत पुर्याइएको छ ।

बेलायतको अस्पतालहरुमा पहिलेदेखि खोप भण्डारणका लागि आवश्यक तापक्रमसहितको सुबिधा विद्यमान छन् । फाइजर र एनबायोटेकको खोप भण्डारण तथा आपूर्तिका लागि माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । पहिलो लटमा आपूर्ति गरिएको खोप अस्पतालमा कार्यरत कर्मचारी, एनएचएस कर्मचारी र बिरामीलाई लगाइनेछ ।बेलायत फाइजर र एनबायोटेकको खोप लगाउन अनुमति दिने पहिलो राष्ट्र हो । गत् बुधबार बेलायतको खोप नियमनकारी निकायले उक्त अनुमति दिएको हो ।

बेलायतको खोप अनुमति दिने हतारिएको निर्णयको अमेरिकामा सङ्क्रामक रोग विज्ञसमेत रहनुभएका डा। एन्थोनी फौसीले आलोचना गर्नुभएको थियो । उहाँले बेलायतले खोप लगाउने निर्णय गर्दा आवश्यक साबधानी नअपनाएको टिप्पणी गर्नुभएको थियो । बेलायतको उक्त हतारिएको निर्णयले सर्वसाधारण सहजै खोप लगाउन स्वीकार नगर्ने प्रतिक्रिया दिनुभयो । तर बेलायतले उक्त प्रतिक्रियाको रक्षा गर्दै खोप सुरक्षित र प्रभाबकारी रहेको दाबी गरेको छ । पछि डा। फौसीले समेत असमझदारीमा आफूले त्यस्तो प्रतिक्रिया दिएको र त्यसका लागि क्षमा चाहेको बताउनुभयो ।
उहाँले अमेरिकामा खोप लगाउन दिइने अनुमति प्रकृया बेलायतको भन्दा बढी समय लिने भएकोले त्यस्तो प्रतिक्रिया दिएको बताउनुभयो ।

फाइजर र एनबायोटेकको खोपले कोभिड १९ विरुद्ध ९५ प्रतिशत सुरक्षा दिने दाबी गरिएको छ । फाइजर बेल्जियमले चार करोड डोज आपूर्ति गर्नेबित्तिकै खोप सबैका लागि पहुँचमा पुग्नेछ ।
बेलायतका स्वास्थ्य सचिब म्याट्ट हयानककले दोस्रो खेप अर्को साता र बाँकीको लाखौं डोज डिसेम्बर महिनाभरि आपूर्ति गरिने बताउनुभयो । इंग्ल्याण्डको एनएचएसका कार्यकारी प्रमुख सर सिमोन स्टिभेन्सले खोप सबै सर्वसाधारणको सहज पहुँचमा पुग्न आगामी अप्रिलसम्म लाग्ने बताउनुभयो ।

यूरोपमा कोरोना सङ्क्रमणले सबैभन्दा बढी ६० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो राष्ट्र हो । गत् बिहीबार चौबीस घण्टामा ४१४ जनाको मृत्युपछि बेलायतमा कोभिड–१९ को कारणले मृत्यु हुनेको संख्या ६० हजार ११३ पुगेको छ । बेलायतभन्दा अमेरिका, ब्राजिल, मेक्सिको र भारतले मात्रै कोरोना सङ्क्रमणबाट अत्याधिक मृत्युको सामना गरेको छ । प्रति एक लाखमा बेलायतमा यी राष्ट्रहरुको अपेक्षा सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । प्रति एक लाखमा अत्याधिक मृत्यु हुने राष्ट्रमा बेल्जियम, सान मरिनो, पेरु, एण्डोरा, स्पेन र इटालीपछि बेलायत पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com