ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका निर्वाचन २०२० नतिजास् डोनल्ड ट्रम्प किन हारे कारण यस्तो


एबीसी न्यूज
कार्तिक २५, २०७७ मंगलबार  ७ : २८ बजे

काठमाडौँ, २५ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् जुन त्यहाँको इतिहासमै दोस्रो ठूलो मतसङ्ख्या हो।

कुल खसेको मतमा उनले ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् एवम् उनले ठूला फ्लोरिडा र टेक्सससहित २४ राज्यमा जितेको देखिन्छ। देशको केही भागमा ट्रम्पको असाधारण पकड देखिन्छ। तर उनी पराजित भएका छन्। अमेरिकाको आधुनिक इतिहासमा निर्वाचन हार्ने उनी चौथो बहालवाला राष्ट्रपति बन्न पुगेका छन्। त्यस्तै लगातार दुईवटा निर्वाचनमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न असफल उनी पहिलो राष्ट्रपति बनेका छन्।

सन् २०१६ मा ट्रम्पले चुनाव जित्नुको आंशिक कारण उनी सामान्य मान्यताभन्दा फरक मत राख्ने राजनीतिक क्षेत्रभन्दा बाहिरका व्यक्ति थिए जो पहिले कहिल्यै नभनिएका कुराहरू बोल्न तयार थिए।तर सन् २०२० मा उनले चुनाव हारे जसको आंशिक कारण पनि यही विषय बन्न पुग्यो।

सन् २०१६ को निर्वाचनमा ट्रम्पलाई भोट दिएका केही मानिसहरू उनको अत्यन्तै आक्रामक शैलीका कारण उनीबाट टाढिएको छन्।

अमेरिकाका प्रमुख शहरहरूका बाहिरी भागमा रहेका स्थानहरूमा यो कुरा साबित भएको देखिन्छ जहाँ डेमोक्र्याटिक पार्टीले आफ्नो अवस्था सुधार गरेको छ।

जातीय मुद्दालाई बढवा दिनु, ट्विटरमा नस्लवादी भाषाको प्रयोग गर्दै अश्वेत मानिसलाई व्यङ्ग गर्नुजस्ता कारण उनका समर्थकहरू चिढिएका बिबिसीले जनाएको छ । ट्रम्पले अमेरिकाका मित्रराष्ट्रहरूको आलोचना गर्दै भ्लादिमिर पुटिनजस्ता सर्वसत्तावादी नेताको प्रशंसा गर्ने बानीबाट पनि सर्वसाधारणहरू चिढिएका थिए।

चुनावी अभियानका बेला पीट्सबर्गमा मेरो कुराकानी चक होन्सटीनसँग भएको थियो जसले सन् २०१६ मा ट्रम्पलाई समर्थन गरेका थिए।

जो बाइडनलाई भोट हालेका बताउँदै उनले भने, मानिसहरू थाकिसके। उनीहरू यो देश सामान्य अवस्थामा फर्किएको हेर्न चाहन्छन्। उनीहरू शालीनता देख्न चाहन्छन्।

उनीहरू यो घृणा रोक्न चाहन्छन्, उनीहरू यो देशमा एकता देख्न चाहन्छन् र यसैकारण जो बाइडनले चुनाव जित्नेछन्।ू

ट्रम्पका ठूलो राजनीतिक समस्या के पनि थियो भने उनी आफ्नो मुख्य आधार क्षेत्रभन्दा बाहिर आफ्नो समर्थन विस्तार गर्न असफल रहे। उनले त्यसो गर्न कोसिस समेत नगरेको देखिन्छ।

सन् २०१६ मा उनले ३० वटा राज्यमा जितेका थिए तर उनले यसरी शासन गरे की उनी तीनै स्थानका अमेरिकीहरूका मात्रै राष्ट्रपति जस्तो बने।

अघिल्लो निर्वाचनमा हिलरी क्लिन्टनले धेरै मत ल्याएको २० राज्यहरूका मानिसहरूलाई आफूनिकट ल्याउन उनले कहिल्यै प्रयास गरेनन्।

उनलाई आलोचकले पछिल्लो १०० वर्षमा सबैभन्दा विभाजनकारी राष्ट्रपतिका रूपमा समेत व्याख्या गर्ने गर्छन्।

ट्रम्पको चार वर्ष लामो पट्ट्यारलाग्दो कार्यकाल पछि धेरै मतदाता ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतिका रूपमा परम्परागत रूपमा व्यवहार गर्ने व्यक्ति चाहन्थे।

तर सन् २०२० को निर्वाचन सन् २०१६ को पुनरावृत्ति थिएन। यसपटक ट्रम्प विद्रोही विपक्षी नभई सत्ताधारी नेता थिए र उनीसँग परम्परा कायम राख्ने चुनौती थियो।

अघिल्लो चुनावमा हिलरी क्लिन्टनको छवि खराब बनाउन उनी सफल भएका भएपनि बाइडनसँग त्यस्तो गर्न सहज थिएन।

कोरोनाभाइरस महामारी सुरु हुनभन्दा अघि ट्रम्प महाभियोगको सामना गर्न सफल भएका थिए र उनीसँग बलियो अर्थतन्त्र एवम् बहालवाला राष्ट्रपति हुनुको फाइदा थियो।

राष्ष्ट्रपतीय निर्वाचनमा एउटा साधारण प्रश्न सोधिन्छ रु के देश चार वर्ष अघिको तुलनामा राम्रो बनेको छ ?

तर कोभिड–१९ का कारण अर्थतन्त्रमा जुन किसिमको प्रभाव पार्‍यो त्यसले ट्रम्पलाई असफल तुल्याइदियो।ट्रम्पको पद कोरोनाभाइरसका कारण प्रभावित भएको भन्नु भने गलत हुन्छ। सङ्कटले महानता देखाउने अवसर पनि ल्याउन सक्छ।तर ट्रम्प कोरोनाभाइरस महामारी व्यवस्थापनमा असफल भए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ–६ : प्रतिष्ठाको लडाइँ कि शहरी मतदातामाथि निर्णायक परीक्षा?

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

सम्बन्धित

डिस्कर्ड (असहमति) को बोर्ड

ग्रोकबाट बनेका यौनिक एआई तस्बिरहरूको कारण एलन मस्कको एक्समाथि युरोपेली अनुसन्धान

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

भारतमा ७७औँ गणतन्त्र दिवसको रौनक: युरोपेली नेताहरू मुख्य अतिथि

अमेरिकामा भीषण हिमआँधी: तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार

बेलायतकी नयाँ जासूस प्रमुख र उनको नयाँ मिशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com