ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाको निर्वाचन परिणाम, कसले कँहा जिते


admin

गोरखा, २४ मंसिर।  नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तेस्रो पटक प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेससँगको सहकार्यमा गोरखा–२ बाट साझा उम्मेदवार बन्नुभएका डा भट्टराईले वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरी ह्याट्रिक गर्नुभयो ।

यही मंसिर १० गते भएको निर्वाचनको मतपरिणाम गए राति आएको हो । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा भट्टराईले ३१ हजार ८०७ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गर्नुभएको छ । डा भट्टराई र श्रेष्ठबीचको मतान्तर छ हजार ८७४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा दुई हजार ६३८ मत बदर भएको थियो । डा भट्टराई विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा क्रमशः गोरखा २ र १ बाट निर्वाचित हुनुभएको थियो । यस पटकको निर्वाचन प्रक्रिया शुरु भएदेखि गोरखा२ चर्चामा थियो र छ । माओवादीका पूर्वउपाध्यक्ष डा भट्टराई र श्रेष्ठ एकै क्षेत्रमा प्रतिस्पर्धामा उत्रिएपछि कडा टक्कर हुने अनुमान गरिए पनि भट्टराई फराकिलो मतान्तरले विजयी हुनुभएको छ । डा भट्टराईलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकिएको छ ।

चीनकाजीलाई हराए हरिराजले 

गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएको केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी मतले नेकपा (माओवादी केन्द्र)का नेता हरिराज अधिकारीले पराजित गर्नुभएको छ । कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गर्नुभएको छ ।

अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गर्नुभयो । यहाँ चार हजार ३३५ मत बदर भएको थियो ।

चार प्रदेशमा चार दल निर्वाचित 

गोरखाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये वाम गठबन्धनले गोरखा– १ र लोकतान्त्रिक गठबन्धनले गोरखा–२ मा जितेका छन् । यस्तै चार दलका उम्मेदवारले चार प्रदेशसभामा एक स्थानमा विजयी हासिल गरेका छन् । गोरखा–१ का दुई प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन तथा गोरखा २ का दुई क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी बने ।
गोरखा १ प्रदेशसभा क्षेत्र (क) मा काँग्रेसका नेता धीरन थापालाई पराजित गर्दै माओवादी केन्द्रका नेता लेखबहादुर थापा विजयी हुनुभएको छ । यस्तै प्रदेश (ख) मा काँग्रेस नेता राजेन्द्र बजगार्इँलाई पराजित गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य रामशरण बस्नेत विजयी हुनुभयो ।

गोरखा २ प्रदेशसभा क्षेत्र (क) मा नेकपा माओवादीकी नेत्री कमला नहर्कीलाई पराजित गर्दै नयाँ शक्तिका नेता हरिशरण आचार्य विजयी हुनुभयो भने (ख) प्रदेशमा नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभासद् अमर तमुलाई पराजित गर्दै काँग्रेसका नेता प्रकाशचन्द्र दवाडी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com