ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर


एबीसी न्यूज

काठमाडौं २० कात्तिक । पेन्सिलभेनिया र मिसिगनपछि जर्जियामा समेत मतगणना रोक्न ट्रम्प पक्षबाट मुद्दा दायर गरिएको छ । यसअघि पेन्सिलभेनिया र मिसिगनमा मतगणना रोक्न डोनाल्ड ट्रम्पको अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

बुधबार ट्रम्प अभियानका तर्फबाट पेन्सिलभेनियाको मतगणना रोक्न अदालतमा मुद्दा दायर गरिएको हो । अहिलेसम्मको मत परिणाम अनुशार पेन्सिलभेनियामा ट्रम्पले लिड गरिरेका छन् ।

पेन्सिलभेनियामा पहिलो र दोश्रो हुने राष्ट्रपति उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशतभन्दा कम मतान्तर भए पुनस् मतगणना गरिने जनाइएको छ । पेन्सिलभेनियाका सेक्रेटरी अफ स्टेट क्याथी बुकभारका अनुशार पुनस् मतगणना सम्भव भएपनि अवस्यंभावी भने नभएको बताएका छन् ।

सन् २०१६ को चुनावमा शुन्य दशमलव ७ प्रतिशत मतान्तर भएका कारण पुनस् मतगणना गर्नुपरेको थिएन । तर यसपटक के हुन्छ त्यसका लागि भने बेलुकासम्म कुर्नुपर्नेछ ।

त्यस्तै मिसिगनमा पनि मतगणना रोक्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको छ । मतपत्र खोल्ने र गणना गर्ने प्रकृयामा अवलोकनका लागि अर्थपूर्ण पहुच कायम नभएसम्म मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरिएको उनीहरुले जनाएका छन् ।

उता जो बाइडेनले चुनाव जीतेको विसकन्सिनमा पुनस् मतगणना हुनुपर्ने ट्रम्पको अभियानले माग गरेको छ । उनीहरुले विसकन्सिनमा पुनस् मतगणनाका लागि आग्रह गर्ने जनाएका छन् । विसकन्सिनमा मतान्तर शुन्य दशमलव २५ प्रतिशतभन्दा कम भएमा स्वतस् पुन : मतगणना हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com