काठमाडौं, २३ मंसिर। कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्माले विजयी भएका छन् । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाएका हुन् । शर्माको यो तेस्रो हार हो ।
कांग्रेस उम्मेदवार शर्माले २४ हजार १ सय ६४ मत ल्याउँदा वा उम्मेदवार एमाले नेता जगतले ३२ हजार ६ सय ९० मत ल्याएका हुन् ।
जगत एमालेबाट राजनीतिको माथिल्लो तहसम्म पुग्ने दोस्रो दलित परिवारका नेता हुन् । एमालेबाट चुडामणि जंगली यसअघि केन्द्रीय सदस्य तथा समानुपातिकबाट सांसद भएका थिए । दलित मुक्ति तथा अधिकारको आन्दोलनमा लागेका एमाले वैकल्पिक पोलिटब्युरो सदस्य विश्वकर्माले पहिलोपटक संसदीय निर्वाचनबाट संसद पुग्ने सौभाग्य पाएका हुन् ।
विद्यार्थी आन्दोलनबाटै मूल राजनीतिमा छिरेका विश्वकर्मा ०५४ सालमा साविकको लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । विकास र समृद्धिका लागि मतदाताले आफूलाई जिताएको विश्वकर्मा बताउँछन् । पर्यटन, कृषि, प्रविधि, जलविद्युत, सडक सञ्जाल विश्वकर्माले एजेन्डा बनाएका थिए ।
्र
प्रतिक्रिया दिनुहोस्