ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको एकीकृत अस्तित्वमा गम्भीर समस्या : महासचिव पौडेल


ABC NEWS

काठमाडौं १६ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। लामो समयदेखि चल्दै र सेलाउँदै आएको नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेलले पार्टीको एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा(को एकीकृत र अविभाज्य अस्तित्वकासामू गम्भीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरू समक्ष अनुरोध गर्दछु पौडेलले ट्वीटरमा उल्लेख गरेका छन्।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताका सुत्रधार मानिएका पौडेल पछिल्लो समय एकता बचाउनका लागि निरन्तर सक्रिय भूमिका खेलिरहेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा लामो समय मतभेद रहँदा पौडेलले नै सम्पर्क सुत्रका रूपमा काम गर्दै संवादको वातावरण सिर्जना गर्दै आइरहेका छन्।


पछिल्लो समय राजदूत नियुक्ति र कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध आएको अविश्वास प्रस्तावपछि अध्यक्षद्वयबीच उत्पन्न मतभेदमा उनले सक्रिय भूमिका खेलिरहेका छन्। करीब डेढ सातासम्म अध्यक्षद्वयबीच भेट नहुँदा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै पौडेलले पनि खुमलटार पुगेर दाहालसँग भेट गरेका थिए। त्यसपछि शनिबार दाहाल ओलीलाई भेट्न खुमलटार पुगेका थिए।
पटक(पटक पार्टी एकतामा नै संकट आउने गरी विवाद हुँदा तुलनात्मक रूपमा कमै सार्वजनिक अभिव्यक्ति दिने पौडेलले व्यक्त गरेको चिन्ताले नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com