ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले एकल बहुमतको नजिक, गठवन्धनको २७५ मा १८७ सिट सहित दुई तिहाई


एबीसी न्यूज
मंसिर २३, २०७४ शनिबार  २ : ०२ बजे

काठमाडौँ । मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ । ४० स्थानको मत परिणाममा एमाले २४ स्थानमा जितेको छ भने सहयोगी दल माओवादी केन्द्रले १० स्थानमा विजय हासिल गरेको छ । सत्तारुढ दल नेपाली कांग्रेस भने जम्मा ४ स्थानमा खुम्चिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।

मत परिणाम अनुसार वाम गठबन्धन प्रत्यक्षमा दुई तिहाइतर्फ अग्रसर छ। दुई तिहाइमा अग्रसर वाम गठबन्धनमा एमालेको एकल बहुमत हुने सम्भावना रहेको छ ।
एमालेले ६२ क्षेत्रमा अग्रता कायम गरेको छ । हालसम्म ११ क्षेत्रको प्रारम्भिक परिणाम आएको छैन।

एमालेले विजयी भएका २४ र अग्रता लिएका ६२ क्षेत्रमा जित हासिल गरेमा ८६ क्षेत्रमा विजयी हुनेछ । यो संख्या पत्यक्षतर्फ १६५ को बहुमत हो ।

सरकारका लागि कति सिट ?
संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन सामान्य बहुमतका लागि १३८ सिट आवश्यक पर्नेछ ।
यदि एमालेले प्रत्यक्षमा ८६ र समानुपातिकमा कम्तीमा ४० देखि बढीमा ५० सिट ल्याएमा एमालेको कुल सदस्य संख्या १३० देखि १४० पुग्न सक्छ ।

समानुपातिकमा कूल एक करोड ५४ लाख मतदातामध्ये एक करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ । यसका आधारमा समानुपातिक एक सिटका लागि सदर मतको कम्तीमा एक लाखको आसपासको मत ल्याउनु पर्ने छ । समानुपातिकबाट समेत बहुमत ल्याउनका लागि एमालेले ५० लाख हाराहारीमा मत समानुपातिकमा ल्याउनु पर्छ ।
उता सहयात्री दल माओवादी केन्द्रले हालसम्म १० स्थानमा जितेको छ भने २३ स्थानमा अग्रता कायम गरेको छ । यदि अग्रता कायम गरेको संख्यामा जित्दा माओवादी केन्द्रको ३३ सिट हुनेछ । समानुपातिकमा माओवादी केन्द्रले १५ देखि २० प्रतिशतको बीचमा मत प्रप्त गरेमा माओवादीले बढीमा २० सिट पाउने छ । यसरी हेर्दा माओवादीको कम्तीमा ५० देखि ५३ सिट हुनेछ ।
गठवन्धनको दुई तिहाई 

एमालेले कुल १३० र माओवादी केन्द्रको ५० सिट जोड्दा १८० हुनेछ । जम्मा २७५ को झण्डै ६६ प्रतिशत हुनेछ । दुई तिहाईका लागि उसलाई थप ३ जना सांसद आवश्यक पर्न सक्छ । त्ययसका लागि एमालेले समानुपातिकमा ४५ र प्रत्यक्षमा ८६ सिट प्रप्प्त गरेमा सहजै दुई तिहाई पुग्ने छ । अन्यथा हुम्लाबाट विजयी माओवादी विद्रोही छक्क बहादुर लामा, राजमोको प्युठानबाट १ सिट र नेमकिपाको भक्तपुरबाट १ सिट उपयोगी हुनसक्छ ।
त्यसबाहेक समानुपातिकमा सिपी मैनालीको नेकपा मालेले ३ प्रतिशत मत प्राप्त गरेमा अर्को ३ सिट थपिने छ भने राप्रपमा कमल थापाले चुनाव हारेर राजेन्द्र लिंगदेन नेता बन्दा लिंगदेन बाम गठवन्धनमा सहभागी हुनसक्छन् ।
त्यसबाहेक बाम गठवन्धन बन्ने बेलामा झण्डै सामेल भएका उपेन्द्र यादब नेतृत्वको संघीय समाजबादी फोरमले प्रत्यक्षमा कम्तीमा ८ र समानुपातिकमा ७ सिट गरी १५ सिटको दल बन्न सक्ने अवस्था छ । यही दल बाम गठवन्धनको सरकारमा सामेल हुने सम्भवाना अधिक छ ।
यस्तो राजनीतिक परिदृश्यका कारण बामपन्थी देशभक्त गठबन्धन सहज दुई तिहाईमा पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com