ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टु ल्पस’ अर्थात अमेरिकाको चीनमाथि भारतयीय कार्ड, नेपालमा थप खतरा


ABC NEWS
कार्तिक १३, २०७७ बिहीबार  १२ : ३९ बजे

एशियाका दुई महाशक्ति राष्ट्र चीन र भारतबीचको सिमा विवादबाट निम्तिएको तिक्तता चरमोत्कर्षमा पुगिरहेकै बखत भारत र अमेरिकाबीच टु ल्पसको तेस्रो श्रृखलमा यसै हप्ता नयां दिल्लीमा ‘ऐतिहासिक’ रक्षा सम्झौता भएको छ । आधारभूत आदान प्रदान र सहायता सम्झौता (बेका) भनिएको यो सम्झौतापछि दुई देशले आपसमा महत्वुर्ण सैन्य प्रविधि, भू–रणनीतिक नक्साहरु र भू–उपग्रहसम्बन्धी सूचना तथा तथ्याङ्कहरुको आदानप्रदान गर्न सक्नेछन् ।
यसअघि नै अमेरिकासँग कम्युनिकेसन एण्ड सेक्युरिटी र लजिस्ष्टिक एक्सचेन्ज मेमोरेण्डम एग्रिमेन्ट नामक दुई सम्झौता गरिसकेको भारतले बेका सम्झौतापछि आफू आगामी केही दशकसम्म हिन्द महासागरीय क्षेत्रमा निर्णायक सैन्य महाशक्तिको रुपमा उपस्थित हुने ठानेको छ । कतिपय सुरक्षा रणनीतिक विश्लेषकहरुले बेका सम्झौतापछि भारत र चीनबीचको ३५ सय ४० किलोमिटर सिमा क्षेत्रमा निकट भविष्यमै थप आक्रामक झडपहरु हुनसक्ने सम्भावनातर्फ औंल्याएका छन । भारत र चीनबीच यसप्रकारको सैन्य टकराव समग्र दक्षिण एसिया र एशिया प्रशान्त क्षेत्रका लागि चिन्ताको विषय हो । त्यसमाथि हालैका महिनाहरुमा त्यसैपनि चीन–भारत सीमा तनावले दक्षिण एशियालाई नै चिन्तित बनाएको छ ।
दुबै देशका विदेश मन्त्री र रक्षामन्त्रीहरुद्वारा हस्ताक्षरित यो दुई जोड( टु ल्पस) दुई सम्झौता मुख्यतया इण्डोप्यासिफिक क्षेत्रमा चीनको आर्थिक तथा सैन्य प्रभाव कम गर्ने उद्देश्यले पे्ररित छ । यथार्थमा अमेरिका पछिल्ला एक डेढ दशकयता एशियामा आफ्नो प्रभाव निकै खस्केको अवस्था सुधार गर्ने उपायको खोजीमा थियो । यसै उद्देश्यले भारत भ्रमणको लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले श्रीलंका, मालदिभ्स र इन्डोनेशियाको समेत भ्रमण गर्ने कार्यतालिका छ । कोलम्बो पुगेर पोम्पियोले आक्रामक भाषा प्रयोग गर्दै ‘चिनियाँ कम्युनिष्ट पार्टी एउटा भक्षक हो, हामी साथी हौं’ं भन्ने अभिव्यक्ति दिनुले उनको श्रीलंका भ्रमणको अभिष्ठको पर्दाफास भएको छ ।

पछिल्ला केही वर्षहरुमा चीनको ‘बेल्ट एण्ड रोड’ (बीआरआई) परियोजनाअन्तर्गत श्रीलंकामा अर्बाै डलर लगानी भएर ठूलो बन्दरगाहदेखि विमानस्थलसम्म सञ्चालनमा आएसँगै दुई देशबीचको सम्बन्ध पनि अत्यन्त नजिकिएको अवस्था छ । अमेरिकाले अहिलेको भ्रमणमार्फत् चीन–श्रीलंका सम्बन्धबीच आफ्नो प्रभुत्व बढाउन खोजेको स्पष्ट छ । यसैकारण कोलम्बोस्थित चिनियाँ दुतावासले पछिल्लो अमेरिकी गतिविधिलाई ‘श्रीलंकामाथि अमेरिकी दादागिरी’ भन्दै ‘चीन–श्रीलंका सम्बन्धमा हस्तक्षेप गर्ने र श्रीलंकामाथि दादागिरी गर्ने कदमको हामी कडा रुपमा विरोध गर्छाैं’ भन्दै औपारिक विज्ञप्ति मार्फत नै चीनले भत्र्सना गरेको छ । त्यसो त भारतसँगको बेका सम्झौताको लगत्तै नयाँ दिल्लीस्थित चिनियाँ राजदुतावासले पनि कडा विज्ञप्ति जारी गर्दै पोम्पियो र अन्य अधिकारीहरुले कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तविपरीत चीन र अन्य मुलुकहरुसँगको उसको सम्वन्ध बिर्गान चाहेको कडा प्रतिक्रिया जनाएका छन् ।
अमरिकाले कोभिड–१९ लाई लिएर चीन र चिनियाँ कुम्युनिष्ट पार्टीको खोइरो खनेको आरोप लगाउंदै दूतावासले अहिलेको अमेरिकी गतिविधि उसको शीतयुद्धकालीन धङ्धङ्ी र वैचारिक पूर्वाग्रह मात्र भएको बताएको छ । अमेरिकाद्वारा प्रस्तावित इण्डो प्यासिफिक रणनीतिले यस क्षेत्रका विभिन्न समूह र क्षेत्रमा द्वन्द्व बढाउंदै अमेरिकी प्रभुत्व स्थापना गर्ने कुत्सित ध्येय रहेको आरोप लगाउँदै दूतावासले ‘विश्वले अहिले भोगिरहेको चुनौति र समस्या पार गर्न शान्तिपूर्ण विकास र जीत–जीतको सहकार्य नै उचित बाटो भएको’ सुझाएको छ ।

कोभिड–१९ बारे अमेरिकी आरोपको प्रतिवाद गर्दै दूतावासले ‘चीन र चिनियाँ जनताले अहिले ऐतिहासिक नेतृत्व पाएको र चिनियाँ कम्युनिष्ट पार्टीकै अगुवामा कोभिड–१९ को महामारी बिरुद्धको लडाइँ जितेको’ दावी गरेको छ । यसबाट स्पष्ट हुन्छ कि अब दक्षिण एशिया लगायत एशिया प्रशान्त क्षेत्रमा अमेरिका आक्रामक ढंगले आफ्नो प्रभाव बिस्तार गर्दैछ । जबकि चीनले विगत एक दशकदेखि नै बीआरआइ अन्तर्गत यस क्षेत्रका सबैजसो मुलुकहरुसँग ठूलो आर्थिक साझेदारी अगाडी बढाइसकेको छ ।

दुई महाशक्तिबीचको आफ्नो प्रभुत्व बढाउने यो प्रतिपस्र्धामा कतिपय साना र विकासशील विशेषगरी असंलग्न परराष्ट्रनीति अंगीकार गरेका मुलुकहरु ठूलै भू–राजनीतिक द्वन्द्वमा फस्नेछन् । यो स्थिति विश्व शान्तिको लागि श्रेयकर हुनेछैन । यद्यपि यहाँनेर स्मरणयोग्य कुरा के पनि छ भने अबका केही दिनमै अमेरिकामा नोेभेम्वर ३ मा आमनिर्वाचन हुँदैछ र पोम्पियो तथा अन्य उच्च अधिकारीहरुको ‘चीनविरोधी अभिव्यक्ति’ चुनावी फण्डाको रुपमा प्रयोग भएको हुनसक्ने सम्भावना पनि त्यत्तिकै छ । तर अमेरिकी निर्वाचनमा जोसुकैले जिते पनि यो क्षेत्रमा प्रभाव बढाउने उसको रणनीतिमा खासै ठूलो अन्तर भने आउनेछैन । यो चिन्ताकै विषय हो ।

https://l.facebook.com/l.php?u=http%3A%2F%2Fin.china-embassy.org%2Feng%2Fembassy_news%2Ft1827144.htm%3Ffbclid%3DIwAR2fuiBi-iHUWvbcwOPnKlFEyPqC9M45oIXht79_2TVUyTK3B8UtyOQDpnA&h=AT2pBwi8uWNsz5pLa6z-9yOGHNsZvFZVaIKBPRFRITMAQCykYq8AkCUu1pV5ujxN9nmmKNuHpjRaY7EosXs1uAO72Nw0Lpchtw9cPO6o89as1GJR6kpNA8F5vtI7xi5dzaa-2Lg

मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) हस्ताक्षर गरिसकेको नेपालजस्तो मुलुक पनि यो भू–राजनीतिक द्वन्द्वको चपेटाबाट अछुतो रहनेछैन । त्यसमाथि पछिल्लो समाय नेपालभित्र उत्पन्न विवाद र सत्तारुढ दलभित्रको मनोमालिन्यले नेपला समेत अमेरिका चीन र भारतबीचको त्रिपक्षीय प्रतिस्र्धामा जबर्जस्त तानिने खतरा उत्पन्न भएको छ । एकातिर चीनसँग बीआरआई र अर्काेतिर अमेरिकासँग एमसीसीको हस्ताक्षरकारी मुलुक नेपाललाई यस्तो द्वन्द्वको उत्कर्षमा आफ्नो असंलग्न प्रतिवद्धता जोगाउन थप चुनौति हुनेछ । आज श्रीलंका पुगेर त्यहाँका जनता र सरकारलाई ‘दुइमध्ये एक रोज्न’ भन्न सक्ने अमेरिकाले भोलि नेपाललाई पनि ‘बीआरआइ छाड’ नभन्ला भन्ने छैन । यो स्थिति निम्तिन नदिन नेपालले आफनो विशिष्ट भू–राजनीतिक अवस्थितिबीच सुमधुर बाह्य सम्बन्ध कायम राख्न वास्तविक कूटनीतिक कौशल अवलम्बन गर्न जरुरी छ । त्यसका लागि हालैमात्र भएको भारतीय खुफिया एजेन्सी सामन्त कुमार गोयलको प्रधानमन्त्रीसंग भएको भेटवार्ता सत्तारुढ दलले जतिसको विवादको विषयबन्न बाट रोक्न सक्नु पर्दछ । सत्तारुढ दलले आन्तरिक विवादलाई सडकमा विस्कुन छर्ने तरिकाले नेकपा मात्र होइन नेपालको सार्वभौमसत्तामा समेत गम्भीर चुनौति थपेको जिम्मेवारीपूर्वक सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com