ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुनावको मुखमा ट्रम्पलाई अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक चुनावको मुखमा ट्रम्पलाई अर्को झट्का, बलात्कारको मुद्दा अघि बढ्ने अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहेको अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झट्का लागेको छ । राष्ट्रपति ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा न्याय विभाग असफल भएपछि उनीमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरिदिएका छन् । कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको अभियोग लगाएकी थिइन् ।

कारोलको आरोपले ट्रम्पको मानहानी भएको भन्दै न्याय विभागले संघीय अदालतमा बचाउका लागि मुद्दा हालेको थियो । तर संघीय अदालतले त्यसलाई खारेज गरिदिएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको छ । ट्रम्पले सन् १९९० को दशकमा म्यानहटनको एक डिपार्टमेन्ट स्टोरमा आफूमाथि यौन दुर्व्यवहार गरेको कारोलको आरोप छ ।

उनले राष्ट्रपति ट्रम्पले आफ्नो मानहानी गरेको समेत मुद्दामा उल्लेख गरेकी छन् । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । अमेरिकी न्याय विभागले ट्रम्पको सट्टा आफैंले मानहानीको मुद्दा दायर गरेको थियो ।

जसलाई लिएर न्याय विभागको समेत आलोचना भइरहेको छ । तर म्यानहटनको संघीय जिल्ला अदालतका न्यायाधीश लेविस काप्लानले कानून अनुसार अमेरिकी राष्ट्रपति कर्मचारी नभएको भन्दै मुद्दा खारेज गरिदिएका हुन् । सन् २०१९ को नोभेम्बरमा ट्रम्पका व्यक्तिगत वकिल मार्क कासोविट्जले न्यूयोर्क स्टेट कोर्टमा मुद्दा दायर गरेका थिए । तर न्याय विभागले संघीय अदालतमा सो मुद्दालाई ल्याएर राज्यकै पक्षबाट ट्रम्पको बचाउमा लागेको थियो । अब सो मुद्दा खारेज भएपछि ट्रम्पमाथिको बलात्कारको मुद्दा अघि बढ्ने भएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com