ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा वाम गठबन्धनको क्लिन स्विप


sharan sharan
मंसिर २३, २०७४ शनिबार   ९ : ५२   बजे

धादिङ,  २३मंसिर । धादिङमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै क्षेत्र  वाम गठबन्धनले क्लिन स्वीप गरेको छ ।

एमाले र माओवादीको गठबन्धनले धादिङमा कांग्रेस नेतृत्वको गठबन्धनलाई हराएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा फराकिलो मतान्तरले तथा क्षेत्र नं. २ मा झिनो मतले एमाले उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले प्रतिष्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी हुनुभएको छ । उहाँ ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो ।

यस्तै धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ । एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

यस्तै धादिङका चारवटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा २ ‘क’ बाट एमालेका उम्मेदवार डाक्टर रामकुमार अधिकारी विजयी हुनुभएको छ । उहाँ २०३६३ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमला १९०१५ मत प्राप्त गर्नुभयो । ६१११८ मतदाता रहेको यो प्रदेशसभामा ४१३४३ मत खसेको थियो ।

यसअघि नै घोषणा भएका अरु तीन वटा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङ १‘क’ बाट तीन नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता राजेन्द्रप्रसाद पाण्डे २७३३२ मतसहित विजयी हुनुभएको हो ।
त्यस्तै १‘ख’ मा माओवादी नेता शालिकराम जम्कट्टेल २३३८२ मतसहित विजयी हुनुभएको छ । २‘ख’ मा माओवादी नेता जगतबहादुर सिंखडा १७६०५ मतसहित विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group