ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा वाम गठबन्धनको क्लिन स्विप


sharan sharan

धादिङ,  २३मंसिर । धादिङमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै क्षेत्र  वाम गठबन्धनले क्लिन स्वीप गरेको छ ।

एमाले र माओवादीको गठबन्धनले धादिङमा कांग्रेस नेतृत्वको गठबन्धनलाई हराएको हो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा फराकिलो मतान्तरले तथा क्षेत्र नं. २ मा झिनो मतले एमाले उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं. १ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले प्रतिष्पर्धीभन्दा झण्डै २८ हजारको मतान्तरले विजयी हुनुभएको छ । उहाँ ४९ हजार १ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो ।

यस्तै धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ । एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

यस्तै धादिङका चारवटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा २ ‘क’ बाट एमालेका उम्मेदवार डाक्टर रामकुमार अधिकारी विजयी हुनुभएको छ । उहाँ २०३६३ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमला १९०१५ मत प्राप्त गर्नुभयो । ६१११८ मतदाता रहेको यो प्रदेशसभामा ४१३४३ मत खसेको थियो ।

यसअघि नै घोषणा भएका अरु तीन वटा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङ १‘क’ बाट तीन नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता राजेन्द्रप्रसाद पाण्डे २७३३२ मतसहित विजयी हुनुभएको हो ।
त्यस्तै १‘ख’ मा माओवादी नेता शालिकराम जम्कट्टेल २३३८२ मतसहित विजयी हुनुभएको छ । २‘ख’ मा माओवादी नेता जगतबहादुर सिंखडा १७६०५ मतसहित विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com