ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी डिभी -भिसा पाउने बेलासम्म प्लस टु पास गरे पुग्छ


ABC NEWS

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार

डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी नरहेको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । सामाजिक सञ्जालमा गरेको भिसा च्याटका क्रममा कन्सुलर अधिकारीले यसबारे स्पष्ट पारेका हुन् ।

डिभी लोटरी भर्न १८ बर्ष पुग्नुपर्ने हो र ? कैयन प्रश्नकर्ताहरुले यस्तो प्रश्न सोधेका थिए । तर कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन् ।

डिभी लोटरी भर्दा अहिले नै १२ कक्षा उत्तिर्ण गरेको हुनुनपर्ने तर आवेदन पूर्ण हुने अर्थात् भिसा पाउने बेलासम्म १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने कन्सुलर अधिकारीले बताएका छन् । जस अनुशार सन् २०२२ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।

एकप्रश्नको जवाफमा कन्सुलर अधिकारीले भनेका छन् – ‘यदि तपाई योग्य हुनुहुन्छ भने डिभी लोटरी भर्न सक्नुहुन्छ । यसका सबै निर्देशिकाहरु दूतावासको वेवसाइटमा छन् । यद्यपी तपाई डिभीका लागि छनौट हुनुभएको खण्डमा आवेदन स्वीकृत हुनका लागि तपाईले डिभी अवधिको अन्त्यसम्म (२०२२ को डिभीको सन्दर्भमा यो २०२२ को सेप्टेम्बर ३० सम्म ) प्लस टु पूरा गरिसकेको हुनुपर्छ ।’

सन् २०२२ का लागि डिभी लोटरी भर्ने अवधि  अक्टोबर ७ बुधबार मध्यान्ह १२ बजेदेखि सुरु भएको हो । नोभेम्बर १० अपरान्ह १२ बजेसम्म (नेपाली समय अनुशार बेलुका ९:४५ बजेसम्म) डिभी लोटरी भर्न सकिने भएको छ ।

एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन दिन सुझाव दिइएको छ । २०२२ को डिभी लोटरीका लागि नेपालीहरु योग्य हुनेछन् । तर बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, बेलायत र भियतनाम लगायतका देशका नागरिकहरु योग्य हुनेछैनन् ।

धेरै मागका कारण वेवसाइटमा समस्या हुनसक्ने भएकाले डिभी भर्न चाहनेहरुलाई अन्तिम समयसम्म नकुर्न सुझाव दिइएको छ । ढिलो दिइएका आवेदन र कागजी आवेदन स्वीकार नगरिने जनाइएको छ । एउटा व्यक्तिले एउटा भन्दा धेरै आवेदन दिए नदिएको चेक गर्न विशेष प्रविधिको प्रयोग गरिने र एउटा भन्दा बढी आवेदन दिएका व्यक्तिको सबै आवेदन रद्द गरिने जनाइएको छ ।

अमेरिकी सरकारको वेवसाइटमा गरेर डिभी भर्न सकिन्छ । त्यसका लागि कुनै शुल्क तिर्न पर्दैन । अमेरिकी सरकारको वेवसाइटमार्फत डिभी भर्न एकदमै सहज रहेको छ । भिसा कन्सुलेट वा भिसा एजेन्टविना आफैले डिभी लोटरीको फर्म भर्न अमेरिकी सरकारले सुझाव दिएको छ ।

डिभी भर्नका लागि दर्जनबढी विवरणहरु चाहिन्छ । नाम, लिंग, जन्ममिति, जन्मस्थान, जन्मदेश, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, तत्काल खिचिएका फोटो, ठेगाना, आफू अहिले बस्ने देश, इमेल, फोन नम्बर, छोराछारीको विवरण लगायत आवश्यक पर्छ । अक्टोबर ७ देखि डिभी भर्नेहरुको नतिजा सन् २०२१ को मे ८ मा आउने जनाइएको छ ।

गत बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा भने पासपोर्टको विवरण बुझाउनु नपर्ने विकल्प समेत दिइएको छ ।

अमेरिकी सरकारले भनेको छ – ‘अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।’

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ – ‘यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।’

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउनेछन्  ।  नेपाल डिभी लोटरीका लागि योग्य देशको सुचीमा रहेका कारण अमेरिकामा रहेका तर कागजपत्र नभएका नेपालीहरुले पनि डिभी लोटरी भरेर यो कार्यक्रमबाट फाइदा लिन सक्नेछन् ।

यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।

युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ ।

खासगरी अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपालीहरुले डिभी लोटरीबाट फाइदा लिन सक्नेछन् । त्यो बाहेक अन्य गैरआप्रवासी भिसामा रहेका नेपालीहरुले पनि डिभी कार्यक्रमबाट फाइदा लिन सक्नेछन् । तर अमेरिकामा गैरकानुनी उपस्थीति भइसकेकाहरुको सन्दर्भमा भने डिभी लोटरी परेमा स्टाटास एड्जस्ट गर्न मुस्किल हुनेछ ।

अमेरिकामा रहेका नेपाली टीपीएसबाहक पनि डिभी लोटरीका लागि योग्य हुनसक्नेछन् । तर उनीहरु टीपीएसमा जानु अगाडि अमेरिकामा गैरकानुनी उपस्थीति भएको हुनुहुदैन । साथै सन् २०२२ को सेप्टेम्बरसम्म वा स्टेटस एड्जस्ट गर्दासम्म टीपीएसमै वा वैध स्टाटसमा रहेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, २० असार । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सोमबार बिहान गृह मन्त्रालयमा भएको भेटमा रासायनिक मलको विषयमा

एमाले अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने, एसपीपीबारे धारणा राख्ने

काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।समसामयिक विषयमा दलको धारणा

जसपाका तीन मन्त्री फेरिँदै, इस्तियाक राई भौतिक पूर्वाधारमन्त्री सिफारिस : सम्भवतः आजै शपथ हुने

काठमाडौं, २० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले अन्ततः ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक

सम्बन्धित

एमाले विभाजनको अन्तरकथा, ओलीले टेक्ने ठाउं दिए अझै पनि एकता गर्ने माधव पक्षका तेस्रो तहका नेताको विचार (भिडियो विश्लेषण)

न्युयोर्क अध्यागमन अदालतमा नियमित सुनुवाई अब चुनावपछि

सेप्टेम्बरमा डिभी भिसा पाएका नेपालीलाई एयरपोर्टबाट फर्काइदै

अमेरिकी ग्रिनकार्डका लागि आई १४० आवेदनमा शीघ्र प्रकृया शुल्क बृद्धि

अर्को सातादेखि एसाइलमको नयाँ फर्म अनिबार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com