ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी ग्रिनकार्डका लागि आई १४० आवेदनमा शीघ्र प्रकृया शुल्क बृद्धि


ABC NEWS
कार्तिक ३, २०७७ सोमबार  ९ : ०८ बजे

आश्विन ३०, २०७७ शुक्रबार/

अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर १९ देखि शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाउने भएको छ । रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क बढाइएको हो ।

एचवान बी र आर वान भिसाका आई १२९ आवेदनबाहेक अन्य सबै शीघ्र प्रकृया आवेदनमा अब २५ सय डलर शुल्क लाग्ने भएको छ । एचवान बी र आर वान भिसाका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर १५ सय डलर बनाइएको छ ।

आवेदनमा शीघ्र निर्णयका लागि आवेदनका साथमा आई ९०७ फर्म भर्न आवश्यक हुन्छ । सामान्यतया अतिरिक्त शुल्क तिरेका शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनमा युएससीआईएसले १५ दिनभित्र निर्णय दिने गर्छ । १५ दिनमा निर्णय दिन नसकेको खण्डमा भने युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्छ ।

अक्टोबर १९ र त्यसपछि पोष्टमार्क गरिएका शीघ्र प्रकृया अनुरोध आवेदनका सन्दर्भमा नयाँ शुल्क लागु हुनेछ । उपयुक्त शुल्क विना पठाइएका आवेदनहरु अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।

अमेरिकी संसदले अब आई १४० र आई १२९ आवेदनका साथमा अब विभिन्न भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा समेत युएससीआईएसले शीघ्र प्रकृया अर्थात् प्रिमियम प्रोसेस अपनाउन सक्ने गरी मापदण्ड पारित गरेको हो । तर भिसा थप्दा वा भिसाको स्टाटस बदल्दा भरिने आई ५३९ आवेदन र वर्क परमिटको आई ७६५ आवेदनमा सन्दर्भमा शीघ्र प्रकृयाबारे पनि युएससीआईएसले सुचना प्रकाशित गर्ने अपेक्षा गरिएको छ ।

नयाँ मापदण्डले निश्चित आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो निर्णय गराउन सक्ने युएसीआईएसको कार्यक्रमलाई स्थायी रुपमा थप गरेको छ भने अतिरिक्त आवेदनमा समेत शीघ्र प्रकृया अपनाउन सकिने प्रावधान ल्याएको छ ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्री अन्तरगत बहुराष्ट्यि मेनेजर, राष्ट्रिय चासोको छुट र चिकित्सकहरुका सन्दर्भमा पनि अब शीघ्र प्रकृया गर्न सकिने प्रावधान ल्याउन लागिएको छ । यसका लागि शीघ्र प्रकृया शुल्क बढीमा २५ सय डलरसम्म हुनेछ । शीघ्र पकृया शुल्क तिरेपछि यी आवेदनहरुमा युएससीआईएसले ४५ दिनभित्र निर्णय दिनेछ ।

एफ, जे र एम भिसामा स्टाटस परिवर्तन गर्दा वा भिसा थप गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । एफ, जे र एम भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

त्यस्तै ई, एच, एल, ओ, पी र आरका डिपेन्डेन्टहरुका भिसा थप्दा वा स्टाटस परिवर्तन गर्दा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । यी भिसाका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

वर्क परमिटको आवेदनमा समेत यो सुविधा ल्याइएको छ । वर्क परमिट आवेदनमा १७५० डलरसम्म शीघ्र प्रकृया शुल्क लिने प्रावधान ल्याइएको छ । शीघ्र प्रकृया शुल्क तिरेका आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनेछ । वर्क परमिटका सन्दर्भमा कहिलेदेखि लागु हुने भन्नेबारे केही बताइएको छैन ।

अमेरिकी सरकारको युएससीआईएसले अर्को सातादेखि एसाइलम आवेदन आई ५८९ फर्मको नयाँ संस्करण लागु गर्ने भएको

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com