ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्णब गोस्वामीको रिपब्लिक सहित तीन टेलिभिजनले टीआरपी हेरफेर गरेको आरोप


एबीसी न्यूज

काठमाडौं, २२ असोज  । भारतका तीनवटा टेलिभिजन च्यानलमाथि टेलिभिजन रेटिंग प्वाइन्ट्स (टीआरपी) हेरफेर गरेको आरोपमा छानबीन सुरु भएको छ । मुम्बई प्रहरीका अनुसार तीन वटा टेलिभिजनमा अर्णब गोस्वामी कार्यक्रम प्रस्तोता रहेका रिपब्लिक टेलिभिजन पनि एक हुन ।
भारतीय सञ्चारमाध्यमहरुले मुम्बई प्रहरीका कमीश्नर परमबीर सिंहलाई उद्धृत गर्दै रिपब्लिक टीभी, फक्त मराठी र बक्स सिनेमामाथि उक्त आरोपमा छानबीन भइरहेको उल्लेख गरेको छ । कुन टेलिभिजन च्यानलको कार्यक्रम कति लोकप्रिय हो र कति दर्शकले हेर्छन् टीआरपीले निर्धारण गर्छ । कमीश्नर सिंहले उक्त रैकेटमा हंस नामक एक संगठनले सघाएको  पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराउनुभएको हो ।

टीआरपी हेरफेर गर्न मुम्बईभित्र करिब दुई हजार ब्यारोमिटर जडान गरी प्रयोगमा ल्याइएको थियो । “केही व्यक्ति घरैपिच्छे पुगेर उक्त टेलिभिजन च्यानल हेर्न आग्रह गर्दै टेलिभिजन हेरे बापत् मासिक रुपमा रुपियाँ उपलब्ध गराउँदै आएका थिए ।”– उच्च प्रहरी अधिकृत सिंहले प्रष्ट्याउनुभयो । प्रत्येक घरपरिवारले टेलिभिजन हेरे बापत् मासिक चार देखि पाँच सय रुपियाँ पाउँदै आएका छन् ।
टेलिभिजन हेरे बापत् रुपियाँ पाएको घरपरिवारले प्रहरी समक्ष समेत स्वीकार गरेका छन् । दुईटै मराठी च्यानलका सञ्चालकलाई पक्राउ गरिएको छ । रिपब्लिक टीभीका सञ्चालक तथा निर्देशकलाई छिट्टै प्रहरी समक्ष बोलाइने सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com