ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहाँ कहाँ अग्रस्थानमा छ वाम गठबन्धन


sharan sharan

काठमाडौं, २२ मंसिर  । विभिन्न जिल्लामा मंसिर १० र २१ गते सम्पन्न पहिलो तथा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो विवरण प्राप्त भइरहेको छ ।

बैतडी – यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ । कुल १३ हजार ५०८ मत गणना हुँदा आज बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गरेका छन् । प्रदेशसभा ९क०मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा माओवादी केन्द्र का प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख ) मा नेकपा ९एमाले०का लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गरेका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

 

म्याग्दी – म्याग्दीमा प्रतिनिधिसभामा एमाले–माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका भूपेन्द्रबहादुर थापाले अग्रता कायम गरेका छन् । बिहान ५ बजेसम्मको मतपरिणामअनुसार थापाले ११ हजार ८९३ मतसहित अग्रता कायम गरेका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका खुमबहादुर गर्वुजा, खम्वीरले १० हजार ५६ मतसहित थापालाई पछ्याई रहेका छन् ।
त्यसैगरी, प्रदेशसभा ९क०मा वाम गठवन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका विनोद केसीले सात हजार ४० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचनले ६ हजार १९० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुनले चार हजार ९५० र नेकाका अमलाल फगामीले चार हजार ५३७ मत प्राप्त गरेका छन् ।
एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

खोटाङ – मंसिर १० गते खोटाङमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुका साढे सात बजेदेखि शुरु गरिएको मतगणनामा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।

प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेकपा एमालेका विशाल भट्टराईको छ हजार २४१ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाकी सरस्वती बजिमयको चार हजार ३८१ रहेको छ । भट्टराई र बजियमयको पछिल्लो मतान्तर एक हजार ८६० रहेको छ ।

प्रदेशसभा सदस्य क्षेत्र नं १ (क) मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन राईको दुई हजार ९१८ र नेकाका सुवासकुमार पोखरेलको एक हजार ६९४ मत रहेको छ । यस्तै, प्रदेशसभा २ (ख)ंमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङको तीन हजार ४९१ र नेकाका विष्णुकुमार राईले एक हजार ९५० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दश राजनीतिक दलका १९ जना उम्मेदवार रहेको जिल्लामा कूल एक लाख २५ हजार १८३ मतदाता रहेको र ७१ हजार ३११ मत खसेको थियो ।

संखुवासभा – यसैगरी, यहाँ बिहीबार साँझ ५ः३० बजेदेखि संखुवासभाको निर्वाचन मतगणना शुरु गरिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा नेकाका उम्मेदवार दीपक खड्काको एक हजार १४६, साझा वाम गठबन्धनबाट एमालेका उम्मेदवार राजेन्द्र गौतमको एक हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रदेश नंं १ संखुवासभा (क)मा नेकाका टंकप्रसाद राईको ८०७, साझा वाम गठबन्धन माओवादी केन्द्रका पूर्णप्रसाद राई एक हजार ३४४ मत प्राप्त गरेका छन् भने प्रदेश नं १ संखुवासभा (ख) का नेकाका दीपक लिम्बूको ९१७, साझा वाम गठबन्धनका एमालेका तुलसीप्रसाद न्यौपानेले एक हजार ७० मत प्राप्त गरेको बिहान ४ बजेसम्मको पछिल्लो मतगणना सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।

सोलुखुम्बु – सोलुखुम्बुमा प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायमै राखेको छ । मतगणना शुरु भएसँगै अग्रता लिएको वाम गठबन्धनले अहिले मतान्तर फराकिलो बनाउँदै लगेको छ । प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार हेमकुमार राईले ६ हजार ४६८ मत प्राप्त गर्दा नेकाका उम्मेदवार पूर्वमन्त्री बलबहादुर केसीले चार हजार ६४० मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश (क)मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले तीन हजार २४९ मत प्राप्त गर्दा नेकाका प्रकाशसिंह कार्कीले एक हजार ९७९ मत प्राप्त गरेका छन् । प्रदेश सभा ९ख०मा वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले तीन हजार ४६५ मत प्राप्त गर्दा नेकाका आङगेलु शेर्पाले दुई हजार ७९० मत प्राप्त गरेका छन् ।

 

लमजुङ – लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा १४ हजार ८१६ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ६ हजार ९४७ मत ल्याउँदा नेकाका उम्मेदवार दिलबहादुर घर्तीले ६ हजार ९१४ मत ल्याएका छन् ।

यस्तै, प्रदेशसभा क र ख दुवैतर्फ वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा ९क०मा सात हजार ५१३ मतगणना हुँदा वाम गठबन्धनका उम्मेदवार धनन्ञ्जय दवाडीले चार हजार ३९३ मतले अग्रता लिएका छन् । दवाडीलाई काँग्रेस उम्मेदवार गर्जबहादुर गुरुङले दुई हजार ९०६ मतले पछ्याएका छन् ।

प्रदेशसभा (खं)मा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । काँग्रेसका कृष्णप्रसाद कोइरालालाई पछि पार्दै एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । गुरुङले तीन हजार ९०३ मत ल्याउँदा कोइरालाले तीन हजार ५४५ मत ल्याएका छन् । एक प्रतिनिधि र दुई प्रदेशसभा रहेको लमजुङका एक लाख १५ हजार ४४९ मतदाता रहेकामा ७७ हजार ३४० जनाले मतदान गरेका थिए । प्रदेश सभा ९क०मा ३६ हजार ६८ र प्रदेशसभा ९ख०मा ४१ हजार २७२ मत खसेको थियो ।

 

रोल्पा – मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रोल्पामा बिहीबार बेलुकादेखि शुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार वाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् । बिहान ८ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले पाँच हजार ५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार अमरसिं पुनले दुई हजार ६४९ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाका लागि हालसम्म १७ हजार ८०३ मतगणना भएकामा एक हजार २३९ मत बदर भएको बताइएको छ ।

प्रदेशसभा (क)मा वाम गठबन्धनका तर्फवाट नेकपा ९माओवादी केन्द्रका कुलप्रसाद केसीले एक हजार ८९४ मत प्राप्त गरेका छन् । यसैगरी, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकाका उम्मेदवार शेरबहादुर महराले एक हजार ४९७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा तीन हजार ९४३ मतगणना भइसकेको छ । प्रदेश सभा (ख)मा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार दीपेन्द्र पुनले तीन हजार ७११ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका नेकाका खगेन्द्रप्रकाश हमालले ८६१ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा पाँच हजार २५ मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com