ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा नेकपा अध्यक्षद्धय ओली–प्रचण्डबीच भेट, छलफल सकरात्मक


एबीसी न्यूज
आश्विन ५, २०७७ सोमबार  ४ : ४५ बजे

काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको कार्यसूची बारेमा केन्द्रित भएर दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो बालुवाटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच सोमबार दिउँसो छलफल भएको हो । छलफलमा भोलि मंगलबार बस्ने सचिवालय बैठकको कार्यसूचीको विषयबारे छलफल भएको उहाँले बताउनुभयो ।

आइतबार बसेको सचिवालय बैठकको कार्यसूचीको पहिलो नम्बरमा मन्त्रिपरिषद पुनर्गठनको विषय थियो । सचिवालयका सदस्यहरुले मन्त्रि परिषद पुनर्गठनको विषयमा आइतबार अनेक कोणबाट सुझाव दिनुभएको थियो ।

मंगलबार दिउँसो १२ः३० बजेका लागि बालुवाटारमा बोलाइएको सचिवालय बैठक अघि दुई अध्यक्षबीच बालुवाटारमा गोप्य भेटघाट भएपछि त्यसलाई महत्वकासाथ हेरिएको छ । मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री ओली सहमत हुनु भएपनि त्यसको एकिन खाका बनिसकेको छैन ।
पुराना सबै मन्त्रीलाई फेरबदल गर्ने कि राम्रो काम गरेका मन्त्रीलाई कायमै राख्नेबारेमा सचिवालय बैठकमा एकमत देखिएको छैन । राम्रो काम गर्ने केही मन्त्रीहरुलाई कायमै राखेर केही नयाँ मन्त्रीलाई जिम्मेवारी दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको सचिवालयका सदस्यहरुको धारणा छ । दुई अध्यक्षबीच आज भएको भेटघाटमा भावी मन्त्रि कसलाई बनाउने बारेमा गृहकार्य भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com