ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुरेपीडितको बाढीले बगाएको जमिनमा क्रसर सञ्चालन : सम्बन्धित निकाय कमिसनका कारण मौन


एबीसी न्यूज
आश्विन ५, २०७७ सोमबार  १२ : ४६ बजे

सिन्धुपाल्चोक, ५ असोज । सिन्धुपाल्चोकमा लगातार ७ वर्ष अघिदेखि हरेक वर्ष पहिरो गइरहेको छ । चीन नेपालको सबैभन्दा छोटो तातोपानीनाका अहिलेसम्म बन्द नै छ । सिन्धुपाल्चोकबासीले हरेक वर्षायाम भोग्नुपरेको समस्याका समाधान पहल स्थानीयतथा केन्द्रीयस्तरमा पट्क्कै हुन सकेको छैन । बाढी पहिरोबाट हरेक वर्ष सिन्धुपाल्चोक मात्रै सयौं ज्यानगुमाउने गरेका छन् ।

अन्यक्षतिकुनै लेखाजोखा नै छैन । स्थानीय नेता पेजेरो र केन्द्रीय नेता हेलिकप्टर चढेर बाढी पहिरो र भुकम्पको बेलानिरीक्षणमा जान्छन् र सामाजिक सञ्चालमा प्रचार गर्ने परम्परालाई निरन्तरता दिने गरेका छन् । अरनिको राजमार्गदेखि गोदावरी राजमार्गसम्म दर्जनौं स्थानमा पहिरो जादा देशकै चीनसंग छोटो नाकाबन्द भएर करोडौं भन्सार उठ्न सकेको छैन । स्थानीयले मात्रै होइन देश नै क्षतिव्यहोर्दा पनि सरकारले कुनै चासो देखाएको छैन । वि. स. २०७१ साउन १७गते गएको भीषण जुरे पहिरो डेढ सयभन्दाले ज्यान गुमाए भने जुरेबासी घरबार भई अहिलेसम्म दैनिकी कष्टकर छ ।

त्यसपछिको वि.स २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पले पीडामाथि पीडा थप्यो । बाढीले बगाएको बा“की रहेको जमिनपनिभुकम्पले सुनकोशी नदीमा मिसाइदियो । आफ्नो जमिनकहा पुग्यो भनेर अहिलेपनि जुरेबासी अन्योलमा छन् भने पहिरो गएको सुनकोशी नदीको किनारमा अवैधानिक क्रसर उद्योग खोलेर जुरेबासीलाई पीडा मात्र होइन पीडितको बालबालिका पढ्ने विद्यालयमा समेत वातावरण प्रदुषण भएको छ ।

पहिरो र भुकम्पपीडित जुरेमा क्रसरका कारण जमिन बग्ने क्रम रोकिएको छैन भने अझै क्रसर बन्द नभएमा अरनिको राजमार्गमासमेत दिर्घकालिन असर पर्ने पक्का छ । क्रसर बन्द गराउन पहल गराउनको सट्टा राजनीतिक प्रशय पाएका कारण क्रसर उद्योगी ठुक्क भएर सञ्चालन गरिरहेका छन् । राजनीतिकदलका नेताहरु पीडितको जमिन पहिचान गराएर दैनिकी सहज गराउनको सट्टा पीडितको जमिन क्रसर उद्योग सञ्चालनगर्दा मौन बस्नुको कारण सहजै अनुमानगर्न सकिन्छ ।कुनै निकायबाट सहयोग नभएपछि जुरेबासीले विभिन्न सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र समेत बुझाउदा पनि  आफ्नो गुनासोको सुनुवाई नभएको पीडित स्थानियबासी बताउछन् ।

जुरेबासीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक, जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुपाल्चोक, जिल्ला नापी कार्यालय, सिन्धुपाल्चोक, जिल्ला मालपोत कार्यालय, सिन्धुपाल्चोक, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका कार्यालय, सिन्धुपाल्चोक, जिल्ला वन कार्यालय, सिन्धुपाल्चोक, नेकपा जिल्ला कमिटी, सिन्धुपाल्चोक, नेपाली कांग्रेस जिल्ला समिति, सिन्धुपाल्चोक, प्रदेश नम्बर ३ माननिय मुख्यमन्त्रीको कार्यालय, हेटौंडा, उद्योग, वनपर्यटन तथा वातावरण मन्त्रालय, हेटौंडामा समेत विभिन्न मितिमा ध्यानाकर्षण पत्रबुझाएका छन् । सबै सम्बन्धित  निकायमा ध्यानाकर्षण गराउदा समेत कुनै निकायले चासो नदेखाएको पीडितको गुनासो छ । उनीहरुले आफ्नो भूमिमा रहेको अवैध क्रसर बन्द गराएर भूमि फिर्ताको माग गरेका छन् । पीडितहरुकोआफ्नो माग पुरा नभए आन्दोलन, अनसन जस्ता कार्यक्रम गर्न बाध्य हुने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com