ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको रानीपोखरीमा धमाधम पानी भरिँदै, भोलिसम्ममा भरिने


एबीसी न्यूज

काठमाडौं, ३ असोज । काठमाडौंको रानीपोखरीमा धमाधम पानी भरिँदैछ । अहिलेसम्म झण्डै २ करोड लिटर पानी पोखरीमा हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणको आग्रहमा बाग्मती खानेपानीले पानी राखेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेछ । निरन्तर पानी खसाल्ने काम भैरहेको र भोली बेलुकासम्म भरिने मानन्धरले जानकारी दिनुभयो । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो ।

रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पीँधमा कालो माटो र इँटा ओछ्याइएको छ । त्यस्तै पानी रहने भागमा पर्खाल निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पीँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । यसअघि भूकम्पको पाँच वर्ष पुगेकै दिन गएको बैशाख १२ गते यो काम सक्ने कार्यतालिका थियो । सबै काम सकेर गएको बैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने तयारी थियोे ।

तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि काम र उद्घाटन पनि प्रभावित भएको थियो । २०७२ साल बैशाख १२ गतेको भूकम्पको कारण रानीपोखरीमा क्षति भएकाले पानी सुकाइएको थियो । भूकम्पले क्षति गरेपछि पोखरीमा बाँकी रहेको पानी फालेर पुनर्निर्माण थालिएको थियो । रानीपोखरीको पिँध पुनर्निर्माणको लागि सुरुमा भक्तपुरबाट कालिगड ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाण्डौका कालिगड पनि सहभागी भएका थिए । अहिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनर्निर्माणको काम भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com