ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ (कुन वडामा कति संक्रमित विवरणसहित)


एबीसी न्यूज
आश्विन २, २०७७ शुक्रबार  ४ : ०९ बजे

काठमाडौं, २ असोज । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। काठमाडौ जिल्लामा मात्र संक्रमित ११ हजार नाघेका छन्।

भदौ ३० गतेसम्मकोे तथ्यांक अनुसार काठमाडौं महानगरमामात्र ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ। देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ।

दैनिक हटस्पट बन्दै महानगरका वडाहरु

काठमाडौं महानगरमा दैनिक रुपमा हटस्पद थपिँदै गएका छन्। साउन ५ गते लकडाउन खुलेपछि काठमाडौंमा संक्रमित थपिदै गएका थिए। अहिले काठमाडौंका सवै वडामा कोरोना संक्रमित रहेका छन्। महानगरभित्रमात्र ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर मृत्यु भएकामध्ये ३ सय ७९ मध्ये १५ प्रतिशत मानिस महानगरका रहेका छन्।

महानगरका २ वडामा ४र४ जनाले ज्यान गुमाएका छन्। उपत्यकाको सवैभन्दा धेरै संक्रमित रहेको स्थान काठमाडौं महानगरको वडा नम्बर १५ रहेको छ। स्वयम्भु क्षेत्रमा ५ सय ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। त्यस्तै वडा नम्वर ३२ कोटेश्वर बढी प्रभावित क्षेत्र मानिएको छ। उक्त क्षेत्रमा ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने २ जनाले ज्यान गुमाएका छन्। उक्त क्षेत्रपछि वडा न १६ बालाजुमा धेरै संक्रमित रहेका छन्। बालाजुमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरका ९ वडामा २ सयभन्दा धेरै संक्रमित रहेका छन् ।

२ सयभन्दा धेरै संक्रमित रहेका काठमाडौं महानगरका वडा

वडा न ३ महारागञ्ज–३७३, मृत्यु १
वडा न ७ मित्रपार्क–२०८, मृत्यु ४
वडा न ११ त्रिपुरेश्वर–३२९, मृत्यु १
वडा न १३ कालिमाटी–३०१, मृत्यु ३
वडा न १४ कलंकी–२७०, मृत्यु १
वडा न १५ स्वयम्भु–५६४, मृत्यु १
वडा न १६ बालाजु–४१५, मृत्यु ३
वडा न २७ इनबहाल–२८०, मृत्यु ४
वडा न २८ बागवजार–३२१, मृत्यु १
वडा न ३२ कोटेश्वर–४५२, मृत्यु २
अन्य ४५२

धेरै मृत्यु हुने वडा

महानगरका तीन वटामा ४/४ जनाले ज्यान गुमाएका छन् । बडा नम्बर २७ इनावहाल, बडा नम्वर २१ लगन र बडा नम्वर १७ मित्रपार्कमा ४र४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भने ६ वटा वडामा ३–३ जनाको मृत्यु भएको छ। वडा न ४ धुम्वाराही, वडा नम्बर ५ हाँडीगाउँ, वडा नम्बर १० बानेश्वर, वडा नम्बर १३ कालिमाटी, बडा नम्वर २५ नःघल र वडा नम्वर १६ बालाजु रहेका छन्।

एक जना संक्रमितको मृत्यु भएका वडा १२ वटा

महानगरका ३२ वडामध्ये १२ वटा वडामा एकजना संक्रमितको मात्र मृत्यु भएको छ। त्यस्तै २ जना संक्रमितको मृत्यु हुने वडा ४ वटा छन्। २ जना संक्रमितको मृत्यु भएका वडामा वडा नम्बर ३० ज्ञानेश्वर ,वडा न ३२ कोटेश्वर , वडा न २० भीमसेनस्थान र वडा न १२ टेकु रहेका छन्। जसमा निम्न छन्(
वडा न १ नक्साल–१
वडा न ३ महाराजगञ्ज –१
वडा न ६ बौद्ध– १
वडा न ९ गौशाला– १
वडा न ११ त्रिपुरेश्वर–१
वडा न १४ कलंकी– १
वडा न १५ स्वायम्भु– १
वडा न १७ खुशिवु– १
वडा न २२ संकटा–१
वडा न २६ लैनचौर– १
वडा न २८बागवजार– १
वडा न ३१ शान्तिनगर– १

शून्य मृत्यु हुने वडा ७ वटा

महानगरका ७ वटा वडामा संक्रमित भए पनि कसैले पनि ज्यान गुमाएका छैन। महानगरका यी वडाहरुका विरामी होम आइसोलेन, संस्थागत आइसोलेनदेखि अस्पतालमा उपचाररत छन्। संक्रमणको दर पनि यी वडामा न्यून तहमै रहेको छ। शून्य मृत्यु रहेका वडामा वडा नम्वर २९ डिल्लीबजार , वडा न २३ ओमबहाल, वडा न २४ मखन, वडा न १८ नरदेवी, वडा न १९ कंकेश्वरी , बडा न ८ जयवागेश्वरी र वडा न २ लाजिम्पाट रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com