ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन्छ – परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज


बुटवल, २ असोज । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले ‘बहुचर्चित र बहुविवादित’ एमसीसी सम्झौता संसदबाट अनुमोदन हुने बताउनु भएको छ ।
प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीका विषयमा रहेका केही प्रश्नको उत्तर खोजेर एमसीसी अनुमोदन हुने बताउनु भयो । मन्त्री ज्ञवालीले पार्टीको स्थायी समितिमा एमसीसीमा के के सच्याउने भन्ने एजेन्डा नउठेको दाबी गर्दै पार्टीमा उठेका हरेक प्रश्नको उत्तर खोज्दै आवश्यक परे सच्चाएर एमसीसी अनुमोदन हुने स्पष्ट पार्नुभयो ।

नेपालको सम्पूर्ण भुगोललाई समेटेर नयाँ नक्शा जारी गरिएको बताउँदै मन्त्री ज्ञवालीले खोसिएको भुभाग फिर्ता लिन नयाँ नक्शा जारीपछि नेपालीहरुमा थप उर्जा थपिएको बताउनु भयो । उहाँले कुटनीतिक सम्वाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने विश्वास समेत ब्यक्त गर्नु व्यक्त गर्नुभयो ।

उहाँले नेपालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो । कालापानी पश्चिममा रहेका नेपालीसँग कसरी सम्पर्क गर्ने भन्नेबारे सोधिएको एक प्रश्नमा ज्ञवालीले भारतीय सेना हटेर नेपाललाई आफ्नो भूभाग उपभोग गर्न दिनुपर्ने बताउनु भयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री ज्ञवालीले निश्चित प्रयोजनका लागि वर्षौपहिले बसेका भारतीय सेना अब हट्नुपर्ने बताउँदै नेपाललाई आफ्नो भुभाग उपयोग गर्न भारतले दिनुपर्ने स्पष्ट पार्नु भयो । पार्टी फुट्छ की भन्ने भयले स्थिरता चाहनेहरु चिन्तामा परेको बताउंदै उहाँले अहिले पार्टी पुरानै एकताको अवस्थामा पुगेको दाबी समेत गर्नु भयो । गृह जिल्ला गुल्मी पुगेर काठमाडौ फर्कने क्रममा मन्त्री ज्ञवालीले बुटवलमा पत्रकार भेटघाट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com