ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै, कहाँ कति  सूचिसहित


एबीसी न्यूज
आश्विन २, २०७७ शुक्रबार  २ : २२ बजे

गलेश्वर, २ असोज । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको त्राससँगै स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । प्रदेश भर ५४ जना स्क्रब टाइफस देखिएको छ । यता म्याग्दी जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी मङ्गला गाउँपालिकाकामा ३० जनामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी रघुगङ्गामा छ, अन्नपूर्णमा चार, मालिकामा तीन र धवलागिरी गाउँपालिकामा दुई तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँले जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु नै पुष्टि भएको जानकारी दिनुभयो ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भन्नुभयो, “सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।”

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका हुन् । डेंगु सङ्क्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्दछ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा। घिमिरेको भनाइ छ ।

के हो स्क्रब टाइफस ?

मुसामा देखिने किर्नाजस्तो किराले टोकेमा यो रोग मानिसमा सर्ने गरेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार जीवजन्तुबाट घाँसपात तथा झारमा झरेको किर्ना मानिसमा सर्ने र त्यसले टोकेमा यो रोग सर्ने गर्छ । शुरुकै अवस्थामा यो रोगको उपचार गरिए सामान्य औषधिले निको हुन्छ । रगतमा यसको सङ्क्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गौला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । यसको उपचारमा ढिलो भयो भने बिरामीको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।

स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ । हालसम्म जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १८ जनामा स्क्रब टाइफसको सङक्रमण देखिएको छ । त्यस्तै रघुगङ्गा दुई, अन्नपूर्णमा तीन, मङ्गलामा ११, मालिकामा तीन र धवलागिरि गाउँपालिकामा एक जनामा स्क्रब टाइफसका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

“कोरोना सङ्क्रमणको जोखिमसँगै जिल्लामा अहिले डेंगु र स्क्रब टाइफसको जोखिम पनि देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छौँ”, बेनी अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबादुर कटुवालले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा स्क्रब टाइफस जाँच गर्ने किट सकिएको छ । प्रदेश सरकारलाई ताकेता गरिएको भएपनि अझैसम्म किट पाउन नसकिएकाले बिरामीलाई समस्या भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com