ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित : ५० संक्रमितको मृत्यु (कुन वडामा कति संक्रमित सूचिसहित)


एबीसी न्यूज

काठमाडौं, १ असोज ।  काठमाडौं उपत्यकामा विहिवार सम्म थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, बुधबार नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले बताउनुभयो । उहाका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ। संक्रमितमध्ये ४१ हजार ७०६जना निको भएर घर फर्किएका छन् भने कोरोना स‌ंक्रमणबाट अहिलेसम्म ३७९ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०६८ जना घर फर्किएका छन्। कोरोना भाइरसको संक्रमणले काठमाडौंमा ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएकामा काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो।

काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।

महानगरका सबै वडामा संक्रमण पुगिसकेको छ। यसरी संक्रिमत भएकामध्ये आधा मानिस होम आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये १७ सय ७ जना होम आइसोलेसनमा छन्। १२ सय ९० जना संस्थागत आइसोलेसनमा रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

अस्पतालमा ४ सय ५ जना रहेका छन्। विवरण खुल्न नसकेका ४ सय ५२ संक्रमित महानगरमा रहेका छन्। महानगरमा २ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन्।

कुन वडामा कति संक्रमित ?

वडा न १ नक्साल- १४१, मृत्यु १
वडा न २ लाजिम्पाट- ४४, मृत्यु ०
वडा न ३ महारागञ्ज- ३७३, मृत्यु १
वडा न ४ धुम्वाराही- १७९, मृत्यु ३
वडा न ५ हाँडीगाउँ- ९३, मृत्यु ३
वडा न ६ बौद्ध- १०९, मृत्यु १
वडा न ७ मित्रपार्क- २०८, मृत्यु ४
बडा न ८ जयवागेश्वरी-१४३, मृत्यु ०
वडा न ९ गौशाला-१४८, मृत्यु १
वडा न १० बानेश्बर-१४५, मृत्यु ३
वडा न ११ त्रिपुरेश्वर-३२९, मृत्यु १
वडा न १२ टेकु- ८९, मृत्यु २
वडा न १३ कालिमाटी-३०१, मृत्यु ३
वडा न १४ कलंकी-२७०, मृत्यु १
वडा न १५ स्वायम्भु-५६४, मृत्यु १
वडा न १६ बालाजु-४१५, मृत्यु ३
वडा न १७ खुशिवु-९३, मृत्यु १
वडा न १८ नरदेवी- ३६, मृत्यु ०
वडा न १९ कंकेश्वरी-२५, मृत्यु ०
वडा न २० भिमसेनस्थान-६०, मृत्यु २
वडा न २१ लगन- ७१, मृत्यु ४
वडा न २२ संकटा- ६४, मृत्यु १
वडा न २३ ओमबहाल-६८, मृत्यु ०
वडा न २४ मखन- ६५, मृत्यु ०
वडा न २५ नःघल-६२, मृत्यु ३
वडा न २६ लैनचौर- १७८, मृत्यु १
वडा न २७ इनबहाल-२८०, मृत्यु ४
वडा न २८बागवजार-३२१, मृत्यु १
वडा न २९ डिल्लीबजार-१६७. मृत्यु ०
वडा न ३० ज्ञानेश्वर-८७, मृत्यु २
वडा न ३१ शान्तिनगर-१२५, मृत्यु १
वडा न ३२ कोटेश्वर-४५२, मृत्यु २

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com