देउवा कन्ट्याक ट्रेसिङमा : सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित



काठमाडौं, १ असोज ।  कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ । उहाँको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बस्नु भएको हो । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। सभापति देउवाको स्वाब परीक्षण शुक्रबार गरिने सहयोगी भानु देउवाले जानकारी दिनुभयो । देउवा होम आइसोलेसनमा बसेसँगै आज बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ। देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने तयारी गरिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All