काठमाडौं, २१ मंसिर । एबीसी एक्जिट पोल आज सार्वजनिक भएको छ, पोलमा दावी गरिए अनुसार बाम गठबन्धनले ९७ सीट, कंग्रेस गठबन्धनले ३८ सीट, मधेशी गठबन्धनले १५ सीट , अन्यले ३ सीट र तीव्र प्रतिस्पर्धामा १२ सीट रहेको । पोल अनुसार प्रत्यक्ष तर्फको १६५ सीटका लागि सार्वजनिक गरिएको हो ।
एबीसी मिडिया गु्रुपले दोश्रो चरणको मतदान कार्यक्रम सकिए लगत्तै राजनीतिक विश्लेषकहरुसंग छलफलमा एवीसी पोल सार्वजनिक गरिएको हो । राजनीतिक विश्लेषकहरु रमेशनाथ पाण्डे, डाक्टर राजेश अहिराज, श्याम श्रेष्ठ र एबीसी न्यूज मिडिया ग्रुपका अध्यक्ष्ँ शुभशंकर कंडेलले पोल सार्वजनिक गर्नुभएको हो । एबीसी मिडिया ग्रुपद्वारा गरिएको गत सम्पन्न स्थानीय तह निर्वाचनमा परिणामको पुष्टी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्