ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री मगरद्वारा खानेपानी विभागमा पहिलोपटक महिला महानिर्देशक नियुक्त


एबीसी न्यूज

काठमाडौं, २७ भाद्र । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो ।

यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताउनुभयो । श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ हुनुहुन्थ्यो ।

‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।’ प्रवक्ता शाक्यले भन्नुभयो । निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाईएको छ ।

मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुनुहुन्छ । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल हुनुभएको छ ।

वरिष्ठताको आधारमा पनि अगाडि रहनुभएकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ । विभागमा हालसम्म करिव दुई दर्जन जति महानिर्देशक हुँदा पहिलोपटक महिला महानिर्देशक नियुक्त हुनुमा मन्त्री मगरकै चाहाना प्रमुख रहेको मन्त्रालय स्रोतले बतायो ।

यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत हुनुहुन्थ्यो । वि.सं २०५३ देखि सरकारी सेवामा रहनुभएकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुनुहुन्छ । नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गर्नुभएकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गर्नुभयो । २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा हुनुभएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति हुनुभएको थियो ।

स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गर्नुभएको हो ।
सरकारको अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएका तथा महिलालाई अवसर नदिएको जस्तो आरोप लागिरहेको समयमा खानेपानी विभागमा भने वरिष्ठता र महिला दुवै विषयको सम्मान गर्दै श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी सुम्पिएपछि विभागकै अन्य कर्मचारीहरुले पनि मन्त्रीको प्रशंसा गरेका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुशासनको पैरवी गर्दै आएका खानेपानी मन्त्रालयका पूर्व सचिव भीम उपाध्याय अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएको तथा सम्मान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको समयमा खानेपानी विभागमा वरिष्ठतालाई मन्त्रीले सम्मान गर्दा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् । ‘पछिल्लो समय सरकारले गरेको नियुक्तिमा निकै विवाद आइरहेको बेला खानेपानी मन्त्रीले वरिष्ठ कर्मचारीलाई विभागको जिम्मेवारी दिनु सकारात्मक छ । यसले त्यहाँ कार्यरत अन्य कर्मचारीलाई पनि मोटिभेसन हुन्छ र परिणाम पनि सकारात्मक आउँछ’, उपाध्यायले भन्नुभयो ।

श्रेष्ठले आफुलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताउनुभयो । ‘पक्कै पनि विभागको प्रमुख हुँदा काम गर्ने अवसर र चुनौतीहरु धेरै छन् । तर, मन्त्रीज्यू, मन्त्रालयको सहयोग, मेरो अनुभव र सबै कर्मचारीहरुको सहयोगबाट लक्ष्य पूरा गर्न सफल हुने ठानेकी छु’, उहाँले भन्नुभयो । आफूले मन्त्रालय र मन्त्रीको स्पिडसँग काम गर्दै विभागलाई त्यही अनुरुप अघि बढाउने स्पष्ट पार्नुभयो ।

पछिल्लो समय कोभिड–१९ को महामारीले सरसफाइको महत्व थप स्पष्ट पारेको बताउँदै श्रेष्ठले ‘वाटर सप्लाई र स्यानिटेसन’को क्षेत्रमा मुख्य रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो । ‘कोभिड महामारीले पनि हामीलाई सरसफाई, पानीको उपयोग, ढल व्यवस्थापन जस्ता विषयमा महत्वपूर्ण सन्देश दिएको छ । यी क्षेत्रमा विभागले प्रभावकारी ढंगले काम गर्नुपर्छ र यसमा विभाग पूर्णरुपमा लाग्नेछ’, श्रेष्ठले भन्नुभयो ।

विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ । विभाग अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, गुण, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन् । विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई र वासमिप आयोजनाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com