Accuracy, Balance & Credibility

चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

abc

चितवन, २६ भदौ । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बिहीबार राति आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।