ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका एवं कलाकार शर्माद्वारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै


एबीसी न्यूज

काठमाडौं । गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १६ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न गायिका शर्माले सहयोग अभियान चलाएकी हुन् । ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै मेरो मनमा सहयोगको भावना आईहाल्यो ।’ गायिका शर्माले भनिन, ‘बाढी पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र मैले देश विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको आग्रह गरें ।’

‘मलाई धेरै व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।’ उनले जोड दिंदै भनिन्, ‘सहयोग गर्छु भनेर अरु व्यक्तिहरुबाट फोन, म्यासेज आईरहेको छ । सहयोग गर्ने व्यक्तिहरुको बारेमा मैले फेसबुक मार्फत उहाँहरुको नाम सार्वजनिक गरेकी छु ।’ यस किसिमको सहयोग मानवताको नाताले पनि गर्नुपर्ने उनको तर्क छ ।

गायिका शर्माले आर्थिक सहयोग संकलन गर्ने क्रम जारी रहेको बताईन् । केही दिनपछि बाढीपहिरो आएको ठाउँमा गई पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्ने उनले बताईन् । गायिका शर्माले अहिलेसम्म डेढ लाख रुपैयाँ उठिसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिईन् । बाढी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग अभियान सुरु गरेको उनको भनाई छ ।
बाढीपीडितहरुलाई सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई उनले धन्यवाद दिंदै भनिन्, ‘मान्छेलाई दुःख पर्दा सबैले सहयोग गर्ने हो । यदि कसैको ईच्छा भए सहयोग गर्न अपिल गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com