ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै


एबीसी न्यूज
भाद्र २३, २०७७ मंगलबार  ९ : ४३ बजे

काठमाडौं, २३ भदौ । अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो ।

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’ मा पुरस्कारका लागि शिक्षा मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रारम्भिक छानविन समिति र शिक्षासचिवको संयोजकत्वमा सिफारिस समिति गठनको व्यवस्था गरिएको छ ।

यस्तै उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन हुनेछ ।

विसं। २०६२ सम्म हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाएकामा लोकतान्त्रिक जनआन्दोलनका कारण विसं २०६३ मा राष्ट्रिय शिक्षा दिवस स्थगन भएपछि २०६४ सालदेखि अन्तर्राष्ट्रिय दिवसका दिन ९८ सेप्टेम्बर० सँगै मनाउन थालिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय दिवस बेग्लै मितिमा आयोजना गर्ने गरी मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएको र नयाँ मितिबारे विभिन्‍न विकल्पमा छलफल भइरहेको छ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालीकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्य ९नारा० का साथ विसं २०३१ सालबाट मनाउन थालिएको थियो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को आव्हानमा मङ्गलबार ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

युनेस्कोले २० हजार अमेरिकी डलरको यसवर्षको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्दैछ । नेपालमा अन्तर्राष्ट्रिय दिवसका दिन सरकारी, युनेस्कोका संयन्त्र, सामुदायिक सिकाइ केन्द्र र गैह्रसरकारी क्षेत्रबाट भर्चुअलरुपमा विभिन्न कार्यक्रम आयोजना हुनेछन् भने शिक्षा तथा मानव संशाधन केन्द्रले स्मारिका प्रकाशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com