ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज हाम्रो जन्मदिन : एबीसी न्यूज आज १२ वर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश


एबीसी न्यूज
भाद्र १९, २०७७ शुक्रबार  ११ : १५ बजे

काठमाडौं, १९ भदौ ।  आज हाम्रो जन्मदिन । अनेकौं आरोह अवरोह पार गर्दै हामी सफलतापूर्वक एक दशक भन्दा बढि पार गरेका छौं । गाउ, सहर र दुनिया ब्युझाउने अभियानका भदौ १९ २०६५ बाट प्रशारण सुरु गरेको एबीसी न्यूज आज १२ वर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश गरेको छ । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै वितेका १२ वर्षमा टेलिभिजनले २४ सै घण्टा समाचार र समाचारमूलक तथा विश्लेषणात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी न्यूज आजबाट १३ औं बर्षमा प्रवेश गरेको छ । आज भन्दा ठिक १२ वर्ष अघि गाउ“, शहर र दुनिया“ व्यूंझाउने अभियानका साथ भू–उपग्रह प्रणाली मार्फत् एबीसी न्यूज ले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी भन्ने समाचारको मूल मन्त्रलाई आत्मसाथ गर्दै एबीसी न्यूजले २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु निरन्तर प्रशारण गरिरहेको छ । २०६४ साल माघ २० गते सूचना तथा सञ्चार मन्त्रालयबाट प्रशारणको अनुमति पाएको एबीसी न्यूज हाल संसारका एक सयभन्दा बढी देशमा हेर्न सकिन्छ । टेलिभिजनलाई अहिले संसारभरका दर्शकले फेसबुक, ट्वीटर, यूट्युव र इन्टरनेटमार्फत प्रत्यक्ष हेर्न सक्ने सुविधा प्राप्त छ । टेलिभिजनको शुरुवाती यात्रा सहज भएपनि त्यसपछिको यात्रा भने निरन्तर संघर्षमय छ । संघर्षमय यात्राको चरणमा रहेको एबीसीप्रति आम दर्शकको माया र सद्भाव भने झन पछि झन झांगिदै गएको छ ।

विभिन्न चुनौतिको सामना गर्दै एबीसी टेलिभिजनले सबै क्षेत्रका व्यक्तित्वबीच आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रशारणको १३ औं वर्ष प्रवेश गर्दा हाम्रा दशर्कको दायरा पनि बिस्तार भएको छ । एबीसी न्यूजले प्रसारणको एघारौं वर्षकोे अवधिमा आफुलाई फरक समाचार च्यानल तथा लाइभ टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको छ । बितेका १२ वर्षमा एबीसी न्यूजले अल्वेज फस्ट अल्वेज फास्टको सिद्धान्त अनुरुप छिटो र सही समाचार सम्प्रेषण गर्न अभ्यासरत रहेको छ । विश्वका विभिन्न क्षेत्रका बिभिन्न घटनालाई सधैंभरि यसले आफ्नो क्यामेरामा कैद गरि दर्शकसामु प्रस्तुत गर्न सफल बनेको छ । एबीसी न्यूजले सबै समाचारलाई सधैं समाचारको रुपमा मात्र प्रसारण गरेको छैन, सबै समाचारहरुको गहिरो विश्लेषण गर्दै जनताको घरघरमा पुराउन सफल भएको छ ।

हाम्रा समाचार बुलेटिन प्रत्येक पलपलको घटनाक्रमसंग नजिक रहेका छन् । शनिवारबाहेक हरेक दिन राति ९ बजे प्रशारण हुने अपरेशन विग न्यूजले समाजको व्यतिथि, विसंगतिमाथि तिखो र विश्लेषणात्मक प्रहार गरिरहेको छ । आलोचनात्मक चेतसहितको विश्लेषणात्मक विग न्यूजले १२ वर्षसम्म पनि पृथक भूमिका खेल्दै निरन्तरता दिन सफल भैरहेको छ । दैनिक सांझ ७ बजे विज्ञापनरहित समाचारको प्याकेज हट न्यूज एक्सप्रेसले दर्शकमा इन्स्ट्यान्ट प्रभाव पारेकै कारण आज हामी यो स्थानसम्म आइपुग्न सफल भएका छौं । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक विश्लेषणसहितको आउटलुक एबीसीको ब्राण्डका रुपमा स्थापित अन्तवार्ता कार्यक्रम बन्न सफल भएको छ । भने दैनिक रुपमा प्रसारण गरिने एबीसी वाचले दैनिक घटनामा केन्द्रित रहेर विश्लेषण गर्ने काम गरेको छ ।

हाम्रा समाचारले राजधानीलाई मात्र सम्बोधन गर्दैनन् । त्यो भन्दा बढी दुरदराजका घटनाक्रममा निगरानी गरिरहेका हुन्छन् । व्यूरो रिपोर्टरले यो भूमिका अनवरत निर्वाह गरिरहेको छ । समाजमा उच्च स्थान बनाएका जेष्ठ नागरिकको जीवनवृत्त झल्किने कार्यक्रम आत्मवृत्तान्त अझै लोकप्रिय बन्दै गएको छ ।

अंग्रेजी भाषामा प्रसारण हुने डिस्कोर्षले विदेशी कुटनीतिज्ञहरुलाई समेत आकर्षित गरेको छ । हामीले प्रसारण गर्ने कुनै पनि समाचार र समाचारमूलक कार्यक्रमहरु आलोचनात्मक चेतले भरिएका र स्तरीय छन् भन्नेमा हाम्रो दावी संधै रहिरहनेछ । देशको शैक्षिक अवस्थाको जानकारी दिने इडियू ३६० होस या आम सर्वसाधारणलाई स्वास्थ रहन सचेतना फैलाउने कार्यक्रम आवर हेल्थले स्वास्थ्य क्षेत्रमा एउटा छुटै पहिचान बनाउन सफल भएको छ ।

एबीसी इन्द्रणीको घिन्ताङ घिन्ताङ संगीतप्रेमी जनसमुदायको धडकन बन्दा मनोरञ्जन सम्बन्धी कार्यक्रम लाइमलाइट र फिल्मीफेल्मले टेलिभिजनमा नया“ भुमिका बनाउन सफल भएको छ । आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्पं्रेषण गर्नु एबीसी न्युजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताका कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com