ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा थप ३९ जनामा कोरोना संक्रमण , एक जना महिलाको मृत्यु


एबीसी न्यूज


चितवन, १८ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२ ४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र१ जना छन् । यसैवीच चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार बुधबार राति प्राप्त विवरणअनुसार १६ देखि ८० वर्ष उमेर समूहका ३९ जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् । यस्तै रत्ननगरका विभिन्न ४ वडाका ६ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै चितवनकै खरैनीका १ पुरूष र ३ महिला, कालिकाका ३ पुरूष र २ महिला तथा माडीका १ महिला र १ पुरूषमा संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित भने सर्लाहीका ५५ वर्षीय पुरूष भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com