काठमाडौं २१ मंसिर ।
नयां युगको सुरुवात गर्ने आशा गरिएको आजको निर्वाचनमा विहानैदेखि घमाइलो बातावरणमा उत्साहजनक मतदान भइरहेको छ । सबैभन्दा बढ्ता चर्चा पाएको चितवनको क्षेत्र नं को मतदान उमेदबार तथा माओवदी केन्द्रका अध्यक्ष प्रचण्डबाट सुरु भएको थियो ।
तराई मधेशका जिल्लाहरुमा समेत उत्साहजनक मतदान भइरहेको एबीसी रिपोर्टहरुले बताएका छन् । पूर्वको इलाममा विहानै पूर्व सभामुख सुबासचन्द्र नेम्वांगले हंसिलो अनुहारमा मतदान गरेका छन् ।
काठमाडौंमा क्षेत्र नं. ५ मा मतदान गर्दै एमाले महासचिव इश्वर पोखरेलले कांग्रेसी महत दाजुभाईप्रति कटाक्ष गर्दै भने तथाकथित अर्थशास्त्रीको लुटको दिन सकिने बेला भयो ।
कानमाथि पट्टी बांधेर कांग्रेस युवा नेता गगन थापाले काठमाडौंमा मतदान गरे भने सेतो र गुरमैलौ बस्त्रमा प्रकाश दाहाल पत्नी विना मगरले कञ्चनपुरमा मतदान गरिन ।
रामचन्द्र पौडेलले तनहुंमा शेखर कोइरालाले मोरंगमा मतदान गरे ।
१०२ बर्षिया बृद्ध दुरपतिले प्युठानमा आफ्नो नाति मार्फत मतदान गरिन ।
कृष्ण सिटौलले झापामा मतदान गर्दै एबीसीसंग भने यो चुनाव धेरै अर्थमा महत्वपूर्ण छ । झापामा सिटौलालाई बाम गठवन्धनकोसमर्थनमा राप्रपाका उमेदबार राजेन्द्र लिंगदेनले चुनौति दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्