काठमाडौं, १८ साउन। उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उनी चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका थिए । त्यसक्रममा नाकामा उनको स्वाब संकलन गरिएको थियो । त्यसपछि कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाए ।
शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए ।
उपत्यकामा ७१४ वटा सफा टेम्पो छ भने करिव एक हजार चालक छन् ।
धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । यसैले एक जना चालकलाई संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्