भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण



काठमाडौं, १८ साउन ।  भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्।

‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा भनेका छन्,‘मेरो अनुरोध कि तपाईंहरूमध्ये केही दिनयता मेरो सम्पर्कमा आएका व्यक्तिहरूले आफूलाई आइसोलेसनमा राखेर परीक्षण गराउनु होला।’

 

    Comment Here!


सम्बन्धित समाचार

View All