ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी समिति बहुमत सदस्यको बैठकमा को-को थिए उपस्थित ? सूचिसहित


एबीसी न्यूज

काठमाडौं, १३ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएको छ । आज दिउँसो बालुवाटारमा बसेको बैठकले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरित स्थायी समितिको बैठक स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको निश्कर्ष निकालेको छ ।

यस विषम् परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।

आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजको बैठक अर्का अध्यक्ष प्रचण्डसँग सहमतिबिना नै स्थगित गरेपछि प्रचण्ड–नेपाल पक्षका नेताहरूले बालुवाटारमा बैठक गरेका थिए ।

‘आजको बैठक यसअघि तोकिएको बैठककै निरन्तरता हो। जुन बैठक अध्यक्ष कमरेड केपी ओलीले रोक्नु पार्टी विधानविपरीत र अनुचित भएको हो,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  भन्नुभयो ।  आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ।’ उहाले भन्नुभयो ।

श्रेष्ठले प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गरे पनि उहा नआएपछि आजको बैठक बसेको बताउनुभयो ।

पार्टी एकतामा देखिएको संकटलाई निकास दिन धैर्य र विवेकपूर्ण तरिकाले अघि बढ्ने निष्कर्षमा पनि आफूहरू पुगेको उहाले  बताउनुभयो ।‘सकभर सहमतिकै माध्यमबाट अहिलेको समस्या समाधान गर्न दुई अध्यक्षबीच छलफल हुन्छ। हामी पनि अध्यक्ष र अरू कमरेडसँग छलफल गर्छौं,’ ‘हामी हरहालतमा एकताको रक्षा गर्ने पक्षमा छौं। हतारमा छिटो–छिटो निर्णय गर्न चाहन्नौं।’ श्रेष्ठले  भन्नुभयो ।

श्रेष्ठका अनुसार आजको बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए। नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्यको  सहभागीता रहेको थियो ।

नाम सहित

  1. अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
  2. वरिष्ठ नेता माधव कुमार नेपाल
  3. वरिष्ठ नेता झलनाथ खनाल
  4. उपाध्यक्ष बामदेव गौतम
  5. प्रवक्ता नारायणकाजी श्रेष्ठ

स्थायी समिति सदस्यहरु

अष्टलक्ष्मी शाक्य

गणेश साह

गिरिराजमणि पोखरेल

गोकर्ण विष्ट

घनश्यम भुसाल

चक्रपाणि खनाल

जनार्दन शर्मा

देव बहादुर गुरुङ

देवेन्द्र पौडेल

पम्फा भुसाल

वर्षमान पुन

भीम प्रसाद आचार्य

भीम बहादुर रावल

मातृका प्रसाद यादव

मुकुन्द न्यौपाने

युवराज ज्ञावली

योगेश कुमार भट्टराई

रघुजी पन्त

रघुवीर महासेठ

लीलामणि पोखरेल

वेदुराम भुसाल

शक्ति बहादुर वस्नेत

सुरेन्द्र प्रसाद पाण्डे

हरिवोल गजुरेल

आमन्त्रीत

अमृत बोहोरा

विष्णु प्रकास श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com